पछिल्ला सामग्री :
संविधानका लागि कांग्रेसको जित आवश्यक : सिंह (फोटो फिचरसहित)

काठमाडौं/ कांग्रेस महामन्त्री तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेसको जित जरुरी भएको बताएका छन् । आफ्नै क्षेत्र बानेश्वरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सिंहले अघिल्लोपटक माओवादीले जिते पनि संविधान नबनेकाले यसपटक संविधान निर्माणका लागि कांग्रेसको जित जरुरी भएको बताएका हुन् ।



‘माओवादीमा ठूलो दल भएको अहम्ले संविधान बन्न सकेन,’ सिंहले भने, ‘कांग्रेसले यो देशका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । फेरि पनि देशलाई निकाससहित लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेसले जित्नु जरुरी छ ।’ संविधान बनाएर मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन पनि कांग्रेसलाई बहुमत दिन उनले आग्रह गरे ।




 माओवादीले घोषणापत्रमा लोकतन्त्रप्रति प्रतिबद्धता देखाए पनि व्यवहार ठीक उल्टो भएकाले संविधान जारी हुन नसकेको उनको भनाइ थियो ।

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.