पछिल्ला सामग्री :
अमेरिका आउने नेपाली विद्यार्थी घट्दै

अमेरिका आउने नेपाली नेपाली विद्यार्थी  सन् २००८/०९ पछि भने घटेका छन् । छात्र-छात्रा घटे पनि सन् २००८/०९ पछि अमेरिकामा नेपाली छात्र-छात्राको संख्या सन् २०११/१२ सम्म हेर्दा नेपाल ११ औं स्थानमा थियो भने सन् २०१२/१३ मा १४ औं स्थानमा पुगेको छ ।

नेपालबाट अमेरिका आउने छात्र-छात्राको तथ्यांक भने ’ओपन डुअर्स’ नामक प्रतिवेदनले छर्लङ पार्दै आएको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाले अमेरिकी विदेश मन्त्रालय (सेक्रेटरी अफ स्टेट) को ’ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्स’ सहयोगमा वर्षेनि उक्त प्रतिवेदन प्रकाशित गर्दै आएको छ ।

सन् २०१२/१३ मा अमेरिका आएका नेपाली छात्र-छात्रामध्ये ४६ दशमलव ६ प्रतिशतले अण्डरग्राजुएट लेभलमा पढिरहेका छन् भने ३४ दशमलव ४ प्रतिशत ग्राजुएट लेभलमा अध्ययनरत छन् । १८ दशमलव १ प्रतिशत प्राक्टिकल ट्रेनिङका लागि अमेरिका आएको प्रतिवेदनले जनाएको छ ।

नेपालबाट अमेरिका आउने छात्र-छात्राको घट्दो संख्या यस्तो छः

सन् २००८/०९ : ११ हजार ५ सय ८१ (२९ दशमलव ६)
सन् २००९/१० : ११ हजार २ सय ३३ (- ३ प्रतिशत)
सन् २०१०/११ : १० हजार ३ सय १ (- ८ दशमलव ३)
सन् २०११/१२ : ९ हजार ६ सय २१ (- ६ दशमलव ६)
सन् २०१२/१३ : ८ हजार ९ सय २० (- ७ दशमलव ३)
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.