मेरो अनुभवमा सन्ध्या ग्रुप कतार (भोला थापा क्षेत्री)
दोहा/ कतारमा क्रियाशील संस्था सन्ध्या ग्रुप अलखोर पुन: कतारमा सांस्कृतिक क्षेत्रमा सक्रियताका साथ अगाडि बढेको छ । विगत केही समय देखी सांगीतिक कार्यक्रमहरूमा विश्राम लिए पनि हाल भने कतारमा ठूला–ठूला कार्यक्रममा सहकार्य गर्दै अघि बढेको छ ।
देशका विभिन्न जिल्लाबाट रोजगारीको शिलशिलामा कतार आएका नेपाली युवाहरूले अलखोरको अलमिस्नाद कम्पनीको एक सभाहलमा विगत १ दशक देखी सन्ध्या ग्रुप नामक संस्था स्थापना गरेर सांगितिक , साहित्यक तथा खेलकुदको क्षेत्रमा बिबिध कार्यक्रमहरूको सफल आयोजना गर्दै अगाडी बढिरहेको छ ।
प्रवासमा आफ्नो दैनिकी कार्यलाई निरन्तरता दिदै बचेको समयलाई सदुपयोगका साथ अगाडी वढ्न सफल भएको सन्ध्या ग्रुप अलखोर कतारले विगतका दिनहरूमा स्थानिय कलाकार संगको सहकार्यमा विभिन्न सांगितिक कार्यक्रम गरि प्रवासी नेपालहरूलाई नेपाली चाड पर्वमा आफ्नै घर आगनमा बसेर भरपुर मनोरञ्जन लिएको महशुस नगराएका पनि हैनन् ।
कतारमा रहेका करिब सय भन्दा बढी सामाजिक/साहित्यिक/सांगितिक आदि इत्यादि संस्थाहरू मध्य सन्ध्या ग्रुप अल्खोर कतार एक सकृय संस्थामा पर्न जान्छ । यो सबैलाई अवगत भएको कुरा हो , कतारमा रहेर पनि नेपाली कला संस्कृतिको जर्गेनाको लागी अगाडी बढेको संन्ध्याग्रुपले आफ्नो स्थायी निजी कार्यालय पनि राखेको छ । कतारमा सन्ध्याग्रुपको आफ्नै सभाहल हुनु गौरवको बिषय हो ।
यस संस्थाको प्रतिष्ठालाई उचो बनाउन संस्थाका साथीहरू कति श्रद्धाले लागिपरेका छन् भन्ने सजिलै भान हुन्छ । संस्थाको सभाहलमा छिर्ने वित्तिकै विविधतामा एकता झल्किन्छ । नेपाल प्रतिको माया भेष भुषा, विभिन्न बाजाहरू अनि साहित्यकारका तस्विर तथा कतारी सेख राजाका तस्विरले सिंगो बहुआयमिकता झल्काउछ । नेपालको माया त्यो झण्डाले झन बढि सानका साथ नर्विसन देशको माया गर्न झस्काउछ र भावविहल बनाउछ ।
संस्थाले नृत्य प्रशिक्षण, सांगितिक कार्यक्रम, साहित्यीक कार्यक्रम, खेलकुद कार्यक्रमहरूमा हातहाल्दै आएको र अहिले सांगितिक तथा साहित्यीक क्षेत्रलाई प्रथामिकताका साथ अगाडि बढाइरहेको छ । कतारमा एक दशक भन्दा लामो इतिहास बोकेको संस्थाले आफ्नो निरन्तरता पाइराख्नु गौरवको बिषय हो ।
अझै यसलाई ब्यवस्थित गर्दै लैजान हरेक सदस्यहरू लागिपरेको देखिन्छ । सांगितीक क्षेत्र मात्र नभएर सन्ध्या गु्रपले विगत केही वर्ष देखी मुग्लानी सौगात द्धैमासिक साहित्यिक पत्रिकाको पनि थालनी गरी निरन्तरता दिइरहेको छ । प्रधान सम्पादक सेलिङ केसी, ईखालु रमेश गेलाल, वविन वियोगी, छविरमणी तिमिल्सीना, धनेश्वर जिसी चन्द्र कुमार थापा लगायतको पत्रिकामा ठुलो योगदान छ र पत्रिका निरन्तर आगाडी वढाउन सफल भयो तर अहिल्य भने सम्पुर्ण पुर्व कार्यसमितीका अग्रजहरू भने नेपाल फिरि सकेका छन । त आट म पुराउछु नेपाली उखानमा भने जस्तो सस्थामा एक पछि अर्काे आगमन भयो र हाल दिलिप निरौला (अविरल), राजेन्द्र खनाल थर्चा लामा, प्रेम सापकोटा, लगायतले मुग्लानी सौगातलाई निरन्तरता दिइरहनु भएको छ ।
कतारको राजधानी दोहा देखी करिव ७० किमी टाढा रहेको औधोगिक क्षेत्र अल्खोरमा अबस्थित उक्त सस्थाले महिनाको एक पल्ट (मासिक वाचन श्रृखला)हुने साहित्यिक वाचन श्रृखलामा दोहामा छरिएर रहेका साहित्यकारहरूको निम्ताएका हुन्छन अंग्रेजी महिनाको पहिलो साता विहिबारको सााझ साहित्यकारहरूको अल्खोरमा जमघट हुन्छ । सस्थाका हरेक सदस्यहरूको आतिथ्य सत्कार , सरल बोलिचालीले सजिलै आफ्नै माहोल सृजना गराइदिन्छ र भाइचाराको भावना जागृत गराइदिन्छ । हरेक प्रतिभाको कदर गर्दै हिडेको संस्था एउटा चौतारी बनेको छ । नयाा प्रतिभाहरूका लागि प्रेरणाको स्रोत बनेको छ संध्या ग्रुप अल्खोर कतार तथा मुग्लानी सौगात द्धैमासिक पत्रिका । यसरी नै अगाडी वढेको सन्ध्या ग्रुपले आगामी इस्लाम धर्मालम्बीहरूको महान चाड बक्र ईद तथा हिन्दु धर्मालम्बीहरूको महान चाड विजया दशमीको अबसरमा एक सांगितिक सााझ कार्यक्रमको आयोजना गरेको छ ।
कतारमा रहेको सपिङ मल (एसिया मल) को प्रायोजनमा, व्यावसायी डिवी सुनाम संग सहकार्यमा सो सांगितिक कार्यक्रमको आयोजना गरीएको हो । उक्त कार्यक्रममा एसिया मलको ब्रान्ड एम्वासडर भएर नेपाली सुपरस्टार नायक राजेश हमाल कतार आउदै छन । यो सन्देशले हामी नेपालीहरू माझ अझ हर्षित बनाएको छ ।
यस्तै अन्य कलाकारहरू गायिका तथा उद्घोषीका कमल ओली, नायिका प्रियंका कार्की, सुमीना घिमीरे, नायक गजित विष्ट, चर्चित गायक शिब परियार, गायिका आस्था राउत, भोजपुरी नृत्यंगना बबी रोजा, उद्घोषक एव कलाकार सुदिप क्षत्री, चर्चित भोजपुरी नायिका अञ्जना सिहं लगायतको कतार आगमन ले बिजय दशमी तथा इदलाई संगितमय मनोरञ्जनपूर्ण बनाउनेमा दुइमत छैन ।
विगतका दिनमा सस्थाले मनोरञ्नात्मक कार्यक्रम पनि धेरै नै सफलताका साथ कार्यक्रम समापन गरि सकेको अनुभव रहेको बताए पनि यो कार्यक्रममा नेपाली मात्र नभएर गैह्र नेपालीहरूको पनि उपस्थित हुने हुादा हरेक क्रियाकलापहरूमा आयोजकले कार्यत्रलमलाई अझ सकृय ढङगले ब्यवस्थापन गर्नु पर्ने आश्यकता देखिन्छ । सह आयोजक तथा सन्ध्या ग्रुप अल्खोरका अध्यक्ष थर्चा लामाले सबै दर्शकहरूलाई सजिलै र व्यवस्थित ढंगले हेर्ने वातावरण बनाइएको र सोको तयारी पुरा भएको बताएका छन् ।
विगतका दिनहरूमा दोहामा रहेका विभिन्न सस्थाहरूले आयोजना गरेको सांगितिक कार्यक्रमहरू तारे होटल देखी खेल मैदान सम्म भएका थिए । थुप्रै चर्चित कलाकारहरूले आफ्नो प्रस्तुती पनि दिइसकेका छन् तथापि इद र बिजया दशमीमा हुने शुभकामना सााझ २०१३ सौहार्दपूर्ण वातावरण र अझ संगितमय मनोरन्जनपूर्ण तरिकाले सम्पन्न गर्न आयोजकहरू दिनरात खटिरहेका छन् ।
फेरी पनि विगतमा भएका नेपाली सामाजिक संस्थाले आयोजना गरेका कार्यक्रममा कतिले दिनभरिको रोजी रोटीलाई मायाा मारे, कतिले गर्मीमा पसिनाको खोलो वगाएर नेपाली र नेपालबाट आएका चर्चित कलाकारहरूको नृत्य अनि कलाकारलाई भने पनि हेर्नको लागी हाम्फालेर सयौ किलोमिटर टाढा देखी ३ दिनको आफ्नो कमाई लोकल ट्क्यसीलाई भाडा स्वरूप बुझाएर कार्यक्रम हेर्न आए तर कार्यक्रम हल र टिकटको समस्याका कारण आयोजकलाई दर्शकहरूले गाली वैज्जत गर्दै फिर्ता जानु परेको मेरो आखाामा कैद नभएको होईन ।
एनआरएनए एनसिसिले संयोजन गरेको फुटवल प्रतियोगितामा दर्शकहरूलाई कुकुर लगाएर दौडाएको खबर पनि नसुनेको होईन तथापी कार्यक्रममा सरल सुलभ तरिकाले सम्पन्न गर्नु गराउनु आयोजक तथा सो कार्यक्रममा खट्ने सबैको अहंम भुमिका हुन्छ । बिगतमा भएका बिबिध कार्यक्रमहरूको राम्रा र नराम्रा दुबै पक्षको समिक्षा गर्दै आगामी दिनहरूमा गरिने कार्यक्रमहरूमा कमी कमजोरीहरू दोहोरीन नदिन आयोजकहरू गम्भिर भएर लाग्नु पर्दछ ।
बिबिध कठिनाईहरूका बावजुद पनि प्रवासमा नेपाली चाड पर्वहरूमा संगितमय बनाउनु र बिबिध समस्याहरूले बिदेशीएका हामीहरूलाई आफ्नै भुमीमा भएको आभाष दिलाउन लागि पर्ने सवैमा कृतज्ञता व्यक्त गर्नै पर्ने हुन्छ । प्रचारमुखी र व्यक्तिगत फाइदालाई मात्र नभएर कतारवासी सम्पूर्ण नेपालीहरूले सधै स्मरण गरिरहने खालको कार्यक्रम होस् भन्ने कामना व्यक्त गर्न चाहान्छु । सन्ध्या ग्रुपले चालेका पाइलाहरू अबिचलित भई अघि बढुन् भन्ने कामना व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा बिजया दशमी तथा इदको शुभकामना व्यक्त गर्दछु ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.