नेपालको निर्वाचन, अमेरिका खुसी
काठमाडौं/ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेन साकीले नेपालमा संविधानसभा चुनाव भएकोमा खुसी व्यक्त गरेका छन् ।
नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति निकालेर संविधानसभा चुनावले शान्तिप्रक्रियालाई समेत टुंगोमा पुर्याउने विश्वास व्यक्त गरेको हो । प्रवक्ता साकीले चुनावको पूर्ण नतिजा सार्वजनिक हुने वेलासम्म धैर्यता अपनाउन पनि सबैलाई अपिल गरेका छन् ।
उनले अबको संविधानसभाले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्ने आशासमेत व्यक्त गरे ।
यसैबीच, अमेरिकी संस्था कार्टर सेन्टरका अध्यक्ष तथा अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर र युरोपेली युनियन (इयू) निर्वाचन पर्यवेक्षण मिसन प्रमुख इभा जोलीले उपत्यकाका विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गर्नुभयो । कार्टरले पर्यवेक्षणका क्रममा मतदाता, दलका प्रतिनिधि र निर्वाचन अधिकृतलगायत मतदाताहरूसँग जानकारी लिएका थिए ।
मतदानका समयमा बच्चा फुत्त
अछामको बाब्ला गाविसमा मतदान गर्न गएकी एक महिलाले बच्चा जन्माएकी छन् । गाविसको ‘ख’ मतदान केन्द्रमा वडा नं. ६ की हीरा विष्टले मतदान गरेलगत्तै बच्चा जन्माएको स्थानीय वीरबहादुर विष्टले बताए ।
स्टेचरमा आएर बिहान ८ बजे मतदान गरेलगत्तै बच्चा जन्मेको थियो ।
मतदानपछि वृद्धको मृत्यु
वीरगन्जमा संविधानसभाको निर्वाचनमा मतदान गरेर फर्केका एक वृद्धको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका मुर्ली–१५ का ७३ वर्षीय गौरीशंकर मानन्धरको मृत्यु भएको हो ।
नेशनल ट्रेडिङ मतदान केन्द्रमा मतदान गरेर फर्केलगत्तै बेहोस् भएका मानन्धरलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो । मानन्धर पहिलेदेखि नै उच्च रक्तचापको बिरामी थिए ।
त्यस्तै बाराको गोलागन्ज गाविसमा पनि एक वृद्धाको मृत्यु भएको छ । गोलागन्ज–१ सिम्रौनगढका ६५ वर्षीया दुल्लीमिया अन्सारीको मृत्यु भएको हो । संविधानसभाको निर्वाचनमा मतदान गर्न जाने तयारी गर्दै–गर्दा उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.