परिस्थितिलाई सकारात्मक बनाउने चुनौती (रामचन्द्र लामिछाने)
संविधानसभा निर्वाचनको परिणामले नेपाली राजनीतिक पार्टीको सामाजिक तथा कानुनी कर्तव्य र अधिकार दुवैमा आमूल परिवर्तन ल्याइदिएको छ । जसरी समाजका सबै नियम र वास्तविकता अस्थायी र परिवर्तनशील हुन्छन्, त्यसैगरी अहिलेको शक्ति सन्तुलन र भूमिका पनि अस्थायी नै हो । तर, यसैसँग जोडिएको अर्को वास्तविकता पनि के हो भने यो अवस्था सबै र खासगरी ३ ठूला दल कांग्रेस, एमाले र एमाओवादी तथा मधेशवादी दलका लागि अवसर पनि हो । अहिलेको अवस्थामा सबैभन्दा स्वर्ण अवसर एमाओवादीसामु छ । यो अवस्था उसका लागि सफलताका आधार पत्ता लगाउने तथा नेपाल र नेपालीका लागि नयाँ भविष्य निर्माणको वास्तविक खाका खोर्ने अवसर पनि हो । यो कुनै व्यंग्य वा प्रहार होइन । यो वास्तविक सत्य र यथार्थ हो । आगामी दिनलाई सकारात्मक रूपमा सदुपयोग गर्न सकेमा एमाओवादीलाई नेपालको स्थापित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने स्वर्ण अवसर साबित हुनेछ ।
नेपालका कम्युनिस्टहरू जन्मजात रूपमै गणतन्त्रवादी हुन् । तर, नेपाली समाजको बनोटमा हिन्दु धर्मप्रतिको आस्था, जनताको कमजोर चेतनाका कारण राजालाई भगवानको अवतार मान्ने र कम्युनिस्ट नेताहरूको ढुलमुले प्रवृत्ति आदि कारणले गर्दा कम्युनिस्ट पार्टीप्रति आगाध जनआस्था भए पनि २००६ सालमा गठित कम्युनिस्ट पार्टीको गणतन्त्र स्थापना गर्ने चाहना ०६६ सालमा मात्रै सफल हुन सक्यो र त्यो पनि कम्युनिस्ट र गैरकम्युनिस्टको संयुक्त प्रयासमा । वास्तवमा तत्कालीन अवस्थामा गणतन्त्र कम्युनिस्टको र खासगरी एमाओवादीको एजेन्डा भए पनि कालान्तरमा त्यो देशकै साझा र प्यारो एजेन्डा भएको थियो । यसो हुनुमा मुख्य रूपमा एमाओवादीलगायत कम्युनिष्ट तथा प्रजातान्त्रिका शक्ति, स्वयम् राजा र दरबारियाहरू जिम्मेवार थिए । नेपालमा गणतन्त्र स्थापनार्थ नेपाली नेताहरूले खेलेको भूमिकाका लागि इतिहास र आगामी पुस्ताले सधैँ धन्यवाद दिई नै रहनेछ । यद्यपि हाम्रा राजनेताले आफू धन्यवादको पात्र हुन सक्छौँ भन्ने प्रमाणित भने गर्न सकेका छैनन् र स्थिति पनि त्यति प्रशंसनीय भइसकेको छैन । तर, सम्भावना भने प्रशस्त छन् ।
पहिलो संविधानसभाले गणतन्त्र घोषणा गरेर चुनावमा एमाओवादीको जित जनताको र देशकै जित हो भन्ने सन्देश दिएको थियो भने संविधान जारी गर्न नसक्दा र अनावश्यक सत्ता तथा कुर्सीको खेल र सहकर्मी राजनीतिक पार्टीकै बीचमा निम्नस्तरको विवाद, आफूलाई वैज्ञानिक भने पनि अत्यन्त हावादारी, हचुवा र आलाकाँचा एजेन्डालाई अनावश्यक रूपमा ध्यान दिँदा त्यत्रो त्याग र बलिदानबाट प्राप्त संविधानसभाको आंशिक सफलता मात्रै (गणतन्त्र र शान्ति प्रक्रिया) हुँदा नेपालमा असल र सफल राजनीतिक नेतृत्वको खडेरी रहेछ भन्ने पुष्टि भएको छ । अझ उदेकलाग्दो के छ भने त्यत्रो शक्तिशाली संविधानसभा विघटन हुँदा त्यसको नैतिक जिम्मेवारी लिने साहस कसैले पनि नदेखाउनु नेतृत्वको हैकमवाद र हेपाहा प्रवृत्ति हो र अहिलेको बदलिँदो राजनीतिक शक्ति सन्तुलन पनि त्यसकै परिणाम हो ।
राजनीतिक रूपमा निकै पीडादायी अवस्थामा संविधानसभाको दोस्रो निर्वाचन गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सफलतासाथ सम्पन्न भयो । अहिले पहिलेको अवस्थामा व्यापक परिवर्तन आएको छ र सबै राजनीतिक पार्टीहरूको भूमिकामा व्यापक परिवर्तन भएको छ । निर्वाचनमा भाग लिएका पार्टीलाई जनताले नयाँ भूमिकामा हेर्न चाहेका छन् भने नेकपा–माओवादीले आफैँले नयाँ भूमिकामा देखाउन खोजेको छ, जुन विवादास्पद नै छ । एनेकपा माओवादीले अहिलेको भूमिका मनैदेखि स्विकार्न सकिरहेको छैन । उसले खेलेको भूमिकालाई यदि नकारात्मक पाटोबाट व्याख्या गर्ने हो भने धेरै आरोप लगाउन सकिन्छ । तर, त्यसले देश र समाजमा तिक्तताबाहेक केही पैदा गर्दैन भने अब एमाओवदीको भूमिकालाई स्वयं ऊ र अन्य पार्टीले सकारात्मक तवरले लिने हो भने विगत पाँच वर्षमा यो र अन्य पार्टीले खेल्न नसकेको भूमिका आगामी दिनमा यसले खेल्न सक्छ । एमाओवादीले आफू र जनतालाई प्रस्ट रूपमा भन्न सक्नुपर्छ, हजारौँको बलिदान, लाखौँको त्याग, अर्बांैको क्षति केका लागि सहेका थिए नेपाली जनताले ? सत्ताका लागि कि पद्धतिका लागि ? यदि सत्ताका लागि थियो भने एमाओवादीले हारेको छ र यदि कांग्रेस र एमालेको बुद्धिमा बिर्को लागेन भने अब ५०आँै वर्षसम्म पनि एमाओवादी सत्तामा पुग्न सक्दैन र उसको राजनीतिक रूपमा पतन अनिवार्य छ । आगामी निर्वाचनमा ऊ अन्य साना कम्युनिस्ट पार्टीसरह हुनेछ र कम्युनिस्ट मोर्चामा कुनै कुनातिर उसको नाम हुनेछ । ठुल्ठूला जमघटमा त्यस पार्टीका नेता कताकतै टिभीमा पनि देखिन सक्नेछन् । त्यो लडाइँ, त्याग, बलिदान र पद्धतिका लागि थियो भने एमाओवादीले जितेको छ । यदि कम्युनिस्ट सिद्धान्तलाई भाषणमा नभई आचरण, व्यवहार, दैनिक जीवनमा व्यावहारिक प्रयोग गर्न सक्यो भने कांग्रेस र एमालेका लागि यो नै अन्तिम अवसर हुन सक्छ । लडाइँ केका लागि थियो स्पष्ट पार्ने काम एमाओवादीकै हो ।
सफलताका लागि यो बाटो कठिन होला तर रोमाञ्चक हुनेछ भने असफलताको बाटो सजिलो होला तर पीडादायी हुनेछ । तर, दुवै बाटा सजिला हुनेछैनन् एमाओवादीका लागि, रोजाइ उसकै हो । एमाओवादी त्यागको इतिहास हेर्दा सफलताको उचाइमा पुग्न सक्छ भन्ने आधार प्रशस्त छन् । त्यसका लागि एमाओवादीले विगतका के कुरालाई हेर्ने भन्ने निक्र्योल गर्न आवश्यक छ । एमाओवादीका अगाडि दुईवटा बाटा छन्, एक– विगतका गल्तीको समीक्षा गर्दै त्यसमा सुधार गरी अघि बढ्ने, दुई– विगतका सफलताको लेखाजोखा गर्दै नयाँ भविष्य निर्माण गर्ने । यदि एमाआवादीले पहिलो बाटो रोज्यो भने आगामी निर्वाचनमा एमाओवादीको केही सिट बढ्न सक्छ, तर दोस्रो बाटो रोज्यो भने एमाओवादी फेरि पुरानै अवस्थामा फर्किन सक्छ । यहाँ एमाओवादीले भविष्यकेन्द्रित दृष्टिकोण अपनाउनुपर्नेछ र नयाँ भविष्य निर्माणका बाटा पहिल्याउन आवश्यक छ, जुन विगतमा असफलता वा कमजोरीको लेखाजोखाले होइन, सफलताको लेखाजोखाले मात्रै पत्ता लगाउन सक्छ ।
एमाओवादीमा सोचाइ, गराइ र अपनाइमा रूपान्तरण आवश्यक छ । बदलिँदो परिवेशमा नयाँ दक्षता र सांगठनिक सीपको आवश्यकता छ । मानव मात्रमा अन्तरनिहित क्षमता, योग्यता, प्रस्फुटन गराउन सक्ने तौरतरिका, विधि र कार्यशैलीको आवश्यकता छ । २१औँ शताब्दीमा व्यवस्थापनमा ख्याति कमाएका पिटर डकरले भनेअनुसार ‘नेतृत्वको मुख्य काम भनेको सबल पक्षको गठबन्धन बनाएर कमजोर पक्षलाई निष्फल बनाउनु हो’ भन्ने आत्मसात गर्न सक्नुपर्छ । आफ्ना कार्यकर्ता र शुभेच्छुक जनसमुदायका सबल पक्षको गठबन्धन बनाउन पनि जरुरी छ । आफ्नै नीति तथा कार्यक्रममा रहेका सबल पक्षको लेखाजोखा गर्न पनि उत्तिकै जरुरी छ । आगामी दिनमा नेपाली जनसमुदायबीच के कसरी लोकप्रिय हुन सकिन्छ र सदियौँदेखि अन्याय अत्याचारमा पिल्सिएका जनतालाई कसरी सदासदाका लागि मुक्ति दिलाउन सकिन्छ भन्नेमा सारा बहस केन्द्रित गर्न जरुरी छ ।
यदि अन्याय र अत्याचारको कारण खोज्न थालियो भने त्यो सिंगो पार्टी यथास्थितिभन्दा माथि उठ्न सक्दैन । कम्युनिस्टहरूले के बुझ्न जरुरी छ भने जसरी उनीहरूले संगठन निर्माण गरेका छन् र कार्यकर्ता तथा जनसमुदाय परिचालन गरेका छन्, त्यसमा उनीहरूले मानिसको संवेदात्मक पक्षलाई ध्यान दिइरहेका छैनन् । राम्रो काम गर्ने कार्यकर्ता र नेतालाई पनि जबर्जस्ती उनीहरूको आत्मालोचना गराउने कम्युनिस्ट संस्कारले हतोत्साही र निराश गराउँछ, जसले भित्रभित्रै आक्रोश र बदलाको भावना विकसित गराइरहेको हुन्छ भने मात्रात्मक परिवर्तनले गुणात्मक फड्को मार्छ भन्ने माक्र्सवादी सिद्धान्तअनुसार ती त्यसप्रकार प्रशिक्षित कार्यकर्ता नै नियमित हुने आलोचना र आत्मालोचनाको कारण पार्टीबाट विद्रोह गर्दै जान्छन् र जतिजति पार्टीको आकार सानो हँुदै जान्छ । त्यतित्यति मात्रामा विद्रोह बढ्दै जान्छ । त्यसकारण एमाओवादी यदि नेपालीको हृदयमा बस्न चाहन्छ भने उसले आफ्नो संगठन निर्माण र जनसम्पर्क स्थापनामा विशेष पद्धति अँगाल्नुपर्छ ।
(लामिछाने अधिवक्ता हुन्)
साभार : नयाँ पत्रिका दैनिकबाट

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.