पछिल्ला सामग्री :
शेखर अन्जु पन्तको साथमा 'बगैँचा' लिएर आउँदै

काठमाडौ/ गीतसंगीतलाई साधना गरेर आफ्नो जीवनशैली नै बनाइसकेका सुमधुर स्वरका धनी गायक शेखर च्यान नयाँ एल्बम 'बगैँचा'मार्फत नेपाली सांगीतिक बजारमा आउने भएका छन। नेपाली सुगम संगीतकी चर्चित गायिका अन्जु पन्तको सुरिलो स्वरसँगै गायक च्यानले बगैँचामा रहेको 'तिम्रै माया लाग्छ' बोलको आफ्नो नयाँ गीत मार्फत सांगीतिक बजारमा आउन लागेका हुन।

गायक शेखरले आफ्नो नयाँ एल्बंम 'बगैँचा'को विमोचनसँगै नेपाली सुगम संगीतका पारखीहरुलाई नयाँ स्वाद चखाउने बताएका छन। उनका अनुसार बगैँचा एल्बंममा सुगम संगीतका उत्कृष्ट गीतहरु समावेश गरिएकोले छ। जसलाई उनले उत्कृष्ट गीतहरको बगैँचा भएको दाबी गरेका छन।

राजनराज शिवाकोटीको शब्द संगीत रहेको तिम्रै मायमा लाग्छ बोलको गीतमा बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक नरेश भट्टराईले म्युजिक भिडियो बनाएका छन।

गायक शेखरले दिएको जानकारी अनुसार उक्त गीतको म्युजिक भिडियोको छायाँकनको सम्पूर्ण काम सकिएको छ।  म्युजिक भिडियोको छायाँकनगोदावरीमा गरिएको गायक च्यानले जानकारी दिनुभयो। यसअघि पनि गायक शेखर च्यानको 'बिर्षे होला जस्तो लाग्थ्यो निष्ठुरीको याद' बोलको गीतले नेपाली श्रोता र पारखीमाझ निकै लोकप्रिय र चर्चा पाएको थियो ।

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.