पछिल्ला सामग्री :
"हाम्रो जिम्मेवारी सकियो, सत्ता हस्तान्तरण गर्न आतुर छौँ"

प्रल्हादचन्द्र घिमिरे, काठ्माडौ/ दोश्रो संविधानसभामा युवाहरुको सहभागिता उल्लेख्य  भएकाले एक वर्षभित्र संविधान जारी हुने आज काठ्माण्डौमा आयोजीत कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । बोष्टर मिडियाको आयोजनामा भएको संविधानसभामा यूवाको भुमीका विषयक अन्तक्रिया कायक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले आफुहरुको चुनाव गराउने जिम्मा पुरा भएको र राजनितिक दलहरुलाई जिम्मा थपिएको जिकिर गर्नु भयो । साथै उहाँले राजनितिक दलको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर भएकोताउनु भयो । १ वर्षमा संविधान जारी गरी सबै समस्या समाधान गर्नुको विकल्प नरहेको भन्दै श्रेष्ठले जनताको म्याण्डेट अनुसार दलहरु ऋगाडी बढ्ने विस्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नु भयो –जनताले कसैलाई बहुमत दिएको छैन त्यसैले सकेसम्म पुर्ण सहमतिमा  नभए २ तिहाईको सहमतिमा अगाडी बढ्नुपर्छ । २ तिहाई बहुमत नआएकाले कुनै एउटा दलको घोषणा पत्र अनुसारको संविधान पनि नबन्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा एमाओवादीका नेता तथा संविधानसभा सदस्य गणेशमान पुनले जित र हार भन्दा पनि समस्या समाधानको बाटो रोज्नु अहिलेको आवश्यकता रहेको उललेख गर्नु भयो ।

बृहत शान्ति सम्झौताको मर्म पुरा नभएको प्रसंग उल्लेख गर्दै पुनले हारको पछाडी पनि जित र जितको पछाडी पनि अनैकौँ हार हुने बताउनु भयो । त्यस्तै कार्यक्रममा एमालेका युवा नेता तथा संविधानसभा सदस्य रामेश्वर फुयालले जनताले दिएको मत अनुसारले अगाडी बढ्ने र एक वर्ष भित्र संविधान दिने प्रतिवद्धता  व्यक्त गर्नु भयो । साथै उहाँले एमाले र काँग्रेसलाई जनताले समान जिम्मा दिएकाले मिलेर अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रममा मनोक्रान्तिका प्रवद्र्धक डा. बिकासानन्द, अधिवक्ता गान्धि पण्डीत, केवल टिभि महासंघका अधयक्ष तथा साहित्यकार राधेश्याम लेकाली, समाजसेवी गोपाल अर्याल, साकीलाा पाठक, पाम एग्रोटेकका संचालक रुद्रप्रसाद गिरी, पर्यटन व्यवसायी खुमहादुर सुवेदी, मिडिया ईन्टरनेश्नलका अध्यक्ष माधव निर्दोश लगायतले बोल्नु भएको थियो । कार्यक्रम बोष्टर मिडियाका सभापति मुकुन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो । सोहि कार्यक्रममा बोष्टर मिडियाको सभाहलको पनि औपचारीक उद्घाटन गरीएको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.