शुक्रबारे नेता................
-करिम बक्स मियाँ
सनैयामा बस्ने एकजना अन्सारी थरका मित्र मुन्तजा पार्कमा भेटिए,थकित, डयुटीमा लगाउने घांग्रीमा उनी कसैलाई फोन लगाउंदै थिए। ‘सर कहाँ हुनुहुन्छ?म मुन्ताजामा छु..’ उताबाट खै के उत्तर आयो कुन्नी,ज्यादै निराश देखिएका उनीसित भलाकुशारी गर्ने मौका मिल्यो । कतार आएको २ वर्ष भएको रहेछ केही महिनादेखि तलव नपाएका, घर जान नपाएर चिन्तित रहेछन ।
‘मलाई मेरो बााकी ५ महिनाको तलव सहित घर पठाई दे भन्दा कम्पनीको मुदीरले उल्टो हपार्छ...पुलिसमा हालिदिने धम्की दिन्छ । केहि सिप नलाएर के गर्ने भनेर आफु निकट संस्थाका अगुवालाई उनले पटक पटक सम्पर्क गरेका रहेछन,र ति अगुवाले मुन्ताजामा भेट्न बोलाएका रहेछन। ‘एक हप्तादेखि उहाँलाई फोनमा धेरै पटक मेरो समस्या बताएँ, आज भेट्न बोलाएका थिए,व्यस्त भएर आउन नसक्ने रे π’ घोप्टो मुख लगाएर फेरी उनले भने ‘हेर्नुस न १३ घण्टा साइटमा काम गरेर सस्तो गाडीमा यहाँसम्म आएँ,तर...’ निन्याउरो उनलाई देखेर खिन्नता महसुस भयो।
दोहाको मुन्तजादेखि करीब १८ किलो मिटरको दुरीमा रहेको सनैयाको ३८ नम्बर स्ट्रीट र वरपर पुरै सनैयाभित्रको एउटा दुर्गम क्षेत्र जस्तो छ। त्यो स्थानबाट दोहा आवतजावत गर्न कति सहज कति असहज भन्ने मेरो प्रसंगमा पर्दैन,तर एउटा दुर्गम क्षेत्रमा बस्ने दैनिक १२–१४ घन्टा नोकरीमा खटिने अन्सारी जस्ता पिडित जसले महिनौं तलव पाएका हुँदैनन्,जसको नेपाल जाने ग्यारेन्टी रहँदैन। काम थकाई,भोक र निंद्रासित सम्झौता गरी आफुलाई परेको पिडा र व्यथा आफु नजिकका अथवा आफु आस्थावान समाजका अगुवासित सुनाउन चाहन्छन,कुनै निकासको खोजीमा भौतारी रहेका अन्सारी जस्ता धेरै छन् कतारमा जहाँ यथेष्ट राय सल्लाहका ‘मुहताज’ बनेर आफुलाई जिन्दगीको चरम पिडामा डुबाएर बसेका छन्।
संघसंस्था र अगुवा हुनु भनेको सहजीकरणका लागि हुन्। हुन त संघ र संस्थामा आवद्द अगुवाहरुपनि दुखसुख,र उतारचढाव भित्रबाट गुज्रेका हुने गर्छन,किनकी यो भनेको मानवीय संवेदनाको स्वभाविक पक्ष हो । मान्छेमा आई पर्ने सानाठूला सबैखाले परिस्थितिलाई पन्छाएर म समाजको अगुवा बन्न सक्छु, समय सापेक्षित समाजमा भई परी आउने अन्सारी जस्ताका कथा र व्यथालाई समेटेर समाजमा एउटा उत्तम भूमिका निर्वाह गर्न सक्छु भनेर सम्वन्धित संघ समाजमा नेतृत्व र अगुवा बन्ने होड चल्नु स्वाभाविक भएपनि एउटा विन्दुमा बसेर अगुवागीरी प्रस्तूत गर्दा संघ समाजप्रति आम मानिसको धारणा सकारात्मक बन्न सक्दैन ।
सुक्रबारे मेलामा, सभा सेमिनारको भेलामा आतिथ्यता ग्रहण गर्नु मात्र संस्थागत प्रतिनिधित्व हो भन्ने मानसिकतालाई पन्छाएर अन्सारी जस्ता पात्र आÏनो पिडा बोकेर बाटो खोज्दै भौतारिंदै गर्दा ति सम्म पुगेर तिनका समस्या र निकासको पहल गर्ने अगुवा नै वास्तवमा सामाजिक कार्यकर्ता हुन्। । आमरुपले हप्ताको एकदिन सार्वजनिक हुने, सभा सेमिनारमा सहभागिता जनाउने,महिना दुई महिनामा बैठक राखेर समय काल र परिस्थितिको मात्र समिक्षा गरेर सामाजिक कार्यकर्ता र अगुवाको पगरी भला समाजमा प्राप्त होला,तर बस्तुगत धरातलमा आत्मीयताको दृष्टान्त अनुसार मुख्य भूमिका भनेको सभा सेमिनार होइन,सामाजिक सेवाभावको उद्गार र गन्तव्य भनेको मुन्तजा,जैदाका सयर क्षेत्र हुनुहुादैन भन्ने मात्र मेरो भनाई हो । चाहे अन्सारी हुन्,चाहे चौधरी’ यदि कोही वास्तव मै समस्यामा छ र उसले समाजलाई गुहारी रहेको छ भने समाजको नेतृत्व र अगुवाको भूमिका के?
एउटा व्यक्ति समस्यामा छ ऊ समाजको अगुवालाई भेटेर आफ्नो क्रन्दन मात्र सुनाउन चाहन्न,बरु एउटा स्पष्ट मार्ग पहिलाएर ऊ त्यहाँबाट निक्लन चाहन्छ । त्यसैले त पीर व्यथा परेको बखत समाज गुहार्छ, ऊ समाजलाई गुहार्दा उसले पिडा बोकेर भौतारिनु पर्छ भने सामाजिक सेवाभावको रटानको परिभाषा कसरी बयान गर्न सकिन्छ? अन्सारी त एउटा पात्र मात्र हो,यस्ता कैयौं उदाहरण देखिन्छन। समाजका अगुवालाई जसको वास्तव मै समाजमा अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ, हप्ताको एकदिन विदालाई मात्र प्रयोग गरेर सामाजिक कार्यकर्ताको उपाधी ग्रहण गरिरहेको पाइन्छ ।

जुन स्वाभाविक होइन । समाज त एउटा माध्यममात्र हो, एउटा मान्छेको मानवीयता मापन गर्ने । ऊ कसरी सेवाभावले ओतप्रोत छ?उसले मानव उत्थानको दिशामा के गर्न सक्छ? भन्ने कुराको प्रस्तुती दिन सामाजिक संस्थाको परिकल्पना भएको हो भने जहाँ सयौं संस्थाहरु छन् त्यहाँ कोसौं टाढा दुर्गमबाट थकित शरीर लतारेर अन्सारीहरु मुन्ताजामा बाटो कुरेर बस्नु हुँदैन ।
(कान्तिपुर प्रवास साप्ताहिक,बिहिबार-१२ दिसम्वरको अंकमा प्रकाशित )

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.