पछिल्ला सामग्री :
ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास शाखा गठन

बिकासराज न्यौपाने/‘रक्त दान जीवन दान’ भन्ने मूल नाराको बारेमा जन चेतना जगाउने तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने पबित्र उद्दश्यले सन् २००९ मा सतक रक्तदाता अर्जुनप्रसाद मैनालीको अध्यक्षतामा स्थापना भएको संस्थाको टेक्सास राज्य कमिटि गठन भएको छ।

गैरराजतिनिक, गैरजातीय, गैरमुनाफामुलक संस्था का रुपमा गठित यस संस्थाले अमेरिकाका विभिन्न शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै नेपालमा पनि रक्तदानसम्बन्धि जन चेतना जगाउने विभिन्न खालका कार्यक्रमलाई आर्थिक सहयोग समेत प्रदान गर्दै आईरहेको छ ।

ब्लड डोर्नस अफ अमेरिकाको केन्द्रिय कमिटि सदस्य डा. नन्द रेग्मी को उपस्थिति मा भएको भेलाले गठन गरेको यो कमिटि अमेरिकामा गठन भएको १९ औ राज्य कमिटि हो। सन् २००९ मा सतक रक्तदाता मैनालीको अध्यक्षतामा स्थापना भएको संस्थाले हाल प्रत्येक राज्यहरुमा शाखा बिस्तार गर्ने योजना राखे अनुसार टेक्सासमा शाखा गठन गरिएको हो । संस्थाले गत महिना मात्र डाक्टर लिला कार्कीको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको थियो ।

भेलाले निम्न अनुसारको पदाधिकारी रहेको १५ सदस्यीय टेक्सास राज्य कमिटि गठन गरेको हो। हाल १३ सदस्यीय कमिटीमा २ सदस्य पछि (सान आन्टोनियो र हूस्टन टेक्सास) बाट मनोनयन गरिने टेक्सास राज्य कमिटिका संयोजक – बाशु श्रेष्ठले बताउनु भएको छ !
संयोजक – बाशु श्रेष्ठ (यूलेस टेक्सास )
सह-संयोजक – देवी आचार्य ( फोर्टवोर्थ , टेक्सास)
सचिब – लिला श्रेष्ठ (इर्विंग , टेक्सास)
कोषाध्यक्ष – शिव काफ्ले (यूलेस टेक्सास )
संचार संयोजक – बिकास राज न्यौपाने (यूलेस टेक्सास )
सदस्यहरु:
डा संजिव श्रेष्ठ ( फोर्टवोर्थ , टेक्सास)
बल राम पौडेल (यूलेस टेक्सास )
गंगा बी थापा (यूलेस टेक्सास )
सुश्री इरा आचार्य (इर्विंग , टेक्सास)
मकर बज्राचार्य (इर्विंग , टेक्सास)
रेशम घर्ती (लवक, टेक्सास)
सुदर्शन धिताल (वाको-टेम्पल,टेक्सास)
हेम पाठक (अस्टिन, टेक्सास)
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.