पछिल्ला सामग्री :
नेपालको ग्रेटवाल विकासे पर्खाइमा (विप्लव काफ्ले)

सगरमाथाको काखमा रहेको सुन्दर देशको दक्षिणभेगमा ठुलो ग्रेटवाल छ । पर्यटनको महत्त्व बोकेर बसेको ग्रेटवाल नदेख्ने नसुन्नेहरू पनि छन् । छयत्तरौँ जिल्लाका रूपमा परिचित चितवन जिल्लाको एउटा कुना कन्दरामा रहेको क्षेत्र हो माडी । ‘आकाशे भेलको उपद्रो छट्पटाहट देख्न सकिने भेग हो,’ कोही भन्छन्, ‘ध्रुवेको इलाका हो, आतंक हमलाको खतरा छ माडीमा ।’

जसले जसरी बुझे पनि दुर्गम भनि विल्ला भिराइदिने मुर्ख महाजनहरू देखेर अचम्म लाग्छ । विकासे ठुलावाहरूको चेपुवामा परेको माडीले विस्तारै काँचुलि फेर्दै छ ,नयाँ कपडामा सजिने प्रयासमा छ । हिडेको वाटो मेट्दै सदरमुकामका धुँवादार कोठामा माडी सराप्दै वस्नेहरू थुप्रै छन् । सरकारी अड्डा अनि पाट्रिकार्यलयतिर कागति निर्चोन लागिपरेको भारत नदेख्नहरू छन् । माडीकै बदनाम गरी अर्बौपति बने पनि माडीकै हेरिरहँु लाग्ने खेतका फाँटहरूमा फलेका दानाले भरिएका छन् तिनका पेटहरू पनि ।

माडीमा अयोध्या ,जनकपुर ,लुम्विनिका समकालिन मित्रहरू पनि छन् । द्वापरयुगमा निर्वासित सीताले लवकुशलाई जन्म दिएको भनिने वाल्मीकि आश्रम क्षेत्र नेपालको दक्षिणतर्फको ग्रेटवाल नै हो । माडीको गर्दी गाविस वडा नम्वर ९ मा पर्ने क्षेत्र भएरपनि यस पवित्रभुमिमा माडीवाटै जान चितवन राष्ट्रिय निकुञ्जको गैडाहरूको आहाल खेल्ने थुप्रै ठाउँहरू छिचोल्दै जानुपर्छ जुन कठिन छ ।

उता त्रिवेणिधामवाट डुंगा बन्दोबस्त गरेर नदी पार गरी करिव दुई कि.मि हिड्नुपर्छ । चितवनको सो भुमिमा पाइला टेक्न भरतपुरदेखि नवलपरासिको वर्दघाट हुदै त्रिवेणि भएर कथित भारतीय नहरका डिलहरू हुदै भारत पुग्नुपर्छ । अनि मन गह्ुड्डो वनाउदै गण्डक नहर पारगरेर भारतको पश्चिम चम्पारण हुदै वाल्मीकिनगरको जटाशंकर जंड्डलमा करिव दश कि.मि सम्म गाडीमा हुईकिनुपर्छ । पश्चिममा भारतिय सिमा ,पुर्व र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज ,उत्तरमा नारायणि नदीको त्रिवेणिधामको घेरामा छ नेपालको दक्षिण ग्रेटवाल । पुग्नै गाह्रो भए पनि धार्मिक पर्यटनको महत्त्व वोकेर वसेको वाल्मीकि आश्रम प्रवेश गरेपछि वाल्मीकि ऋषिलाई जस्तै गरेर आँट, जाँगर र प्रेरणाको शितलता मिल्ने गर्दछ । वाल्मीकि आश्रमको पश्चिममा रहेको सोना नदीवाट तमोसा नदी तर्फ भारतिय पक्ष गिद्धेनजर लगाउदै वढेको छ । भारतले वाल्मीकि आश्रमलाई आफ्नो भनि दावि गर्न वाल्मीकि नगर भनेर आफ्नो भुमिको नामाकरण गरेको पनि छ ।

वाल्मीकि आश्रममा भएजस्तै कैयन संरचना नजिकैको सिमा क्षेत्रमा वनाउने काम समेत हुदै छ । नेपालको सो पवित्र भुमि दर्शन गर्न नाम दर्ता गरी प्रवेशआज्ञा लिएर भारतलाई शुल्क तिर्नुपर्दछ । नेपालको भूमिमा ग्रेटवाल संरक्षण गर्न करीव तेह् घरधुरीमा रहेका विना वर्दिका सिपाहि अहोरात्र खटिएका छन् । बर्दीका प्रहरी भने हातका औँलामा गन्न सकिने मात्रै छन् । वाल्मीकि आश्रम वरपर वस्नेहरूको दुनिया वेग्लै छ । नेपालि हुन् तर भारतमै पुगेर किनमेल गर्नुपर्छ ,नेपालको अनुहार देख्न कठिन छ ।

भारतमा ओहोरदोहर गर्दा कैयन पटक जंड्डलमा सास्ति खेप्नुपरेको छ ,भारतियको अपशव्दको भिकारी वन्नुपरेको छ । कहिले खोलाको तातोपानि ,कहिले हिलो मथिएको पानिले आँत भिजाउनुपर्छ । घरभित्रै रामराज्य भएको सो वस्तिमा कखरा सिक्न नपाएका /नपाउने कैयन वालवालिकाहरू लडिवुडि गर्छन । चेपुवा वन्धनमा वस्नुभन्दापनि पवित्र भुमि छाडेरै जान तयार यहाँका नागरीक आफ्नै जमिनमा खुन पसिना वगाएर हातमुखको जोहो गर्ने सोचमा पनि छन् । आखिर माडी नै हो वाल्मीकि क्षेत्रपनि । तत्कालिन समयमा महेन्द्र राजाले सत्र सालतिर पुजारि लगेर राखेका थिए । कृष्ण भगवानलाई सुदामाले दिएको कनिकाको पोको जस्तो गरी सरकारी नजरहरू पर्न थालेको छ ।

रामायण लेख्ने वाल्मीकि ऋषिको पहिलो अध्यायमा भर्खरैमात्रै सो अध्याँरो सुकुम्वासी वस्तीमा जुनकिरिको उज्यालो दिने गरी सोलार जडान कार्य भएको छ । विश्व सनातन धर्म स्थापनार्थ मुल समितिको पहलमा ०५८ सालमा वनेको गुरुयोजनाले वाल्मीकि आश्रम क्षेत्रलाई लुम्वीनि सरह वनाउने लक्ष्य लिएको छ । शिलालेख संरक्षण गर्न म्यूजियम ,सिता मन्दिर मण्डला ,आर्कषक धर्मशाला ,सप्ताहगृह ,पिकिनिक स्पट ,पोखरी निर्माण गर्ने उद्येश्य वोकेको गुरुयोजना राज्यको ढुकुटिको अभावमा चिन्तित वनेको छ । जिल्लामा पर्यटन विकास गर्न उजागर गर्न वनेको चितवन पर्यटन विकास समिति सौराह देवघाट जस्ता क्षेत्रमा रमाइरहेको छ । वाल्मीकि क्षेत्रलाई व्रोसर ,पम्लेटमा उतारेर निदाउदै वसेको छ । सिता ,लवकुश ,वाल्मीकि ऋषिको अतिप्राचिन तपोभुमिमा रहेका शिलालेख तथा अन्य सम्पत्तिको पुरातत्व विभागले अध्ययन गरेर इतिहासमा लेख्ने दैलो खोल्नुपर्छ । पर्यटक नआएसम्म ,विदेशि नआएसम्म ,इतिहासमा नेपालको भनि उल्लेख नगरीएसम्म वाल्मीकि आश्रम सुस्ताको हालतमा नपुग्ला भन्न सकिदैन । सकारात्मक रूपले माडीलाई हेर्ने परम्परा विकास गर्न नेपालिका पाइलाहरू चलायमान गराइनु आवश्यक छ । गर्दी गाविसले सो क्षेत्रको बाह्र बिघाका लागि आएको वजेटलाई चरीको झोलमा लाने कुचेष्टा अव गरिनुहुँदैन । निकुञ्ज सकारात्मक हुदाहुदै विद्युतीकरण गर्न जिल्ला प्रशासन कार्यालय चितवन नवलपरासि जिल्लामा अधिकार सुम्पिन लम्पसार पर्नुहुदैन ।

छिमेकी जिल्लासंगको सहकार्य अति आवश्यक छ ,तरपनि वाल्मीकि आश्रम चितवनको हो भन्ने भुल्नुहुदैन । निकुञ्ज र वाल्मीकि आश्रमको सिमा छुट्टयाउने काम यहि आर्थिक वर्षमा सकिने गरि अघि वढ्नुपर्छ । नेपाल भारतको सिमा विवाद निरूपणकालागि नापि विभागमा लेखापढि भैसकेको कामलाई थैलिमा पोको पारेर राखिनुहुदैन । स्थानिय तथा पर्यटकहरूले यस क्षेत्रमा शुद्ध खानेपानि पिउन सकिने व्यवस्था मिलाउन खानेपानि विभागमा कुरा गरेर आश्वासन बाँड्ने भन्दा पनि भएका प्रतिवद्धता निणर्यहरू कार्यान्वयन गर्न हाकिमहरू कस्सिनुपर्छ । वघौडा गाविसको छरछरे, अयोध्यापुरी गाविसको वाँदरझुलामा भएका सिमा अतिक्रमण रोक्न शहर केन्द्रित चितवनको सिमा सुरक्षाबलको घैँटोमा घाम लाग्नु अति आवश्यक छ ।

माडीमा पहिलेभन्दा अहिले जनसंख्याको चाप घटेको छ, बसाइ सर्ने क्रम वढ्दो छ । तर, पनि ठोरी भन्सार बन्ने सुनिश्चिता, माडी विद्युतिकरणको काममा तिव्रता ,सडक विस्तार कार्यमा जोड ,स्वास्थ्य शिक्षा रोजगारका बलिया खम्वाहरू वनाउन सक्ने हो भने माडी उपत्यका नेपालकै दक्षिण ग्रेटवालका रूपमा विश्वभर चिनिन सक्नेछ । वत्तिमुनि अध्यारो झै रहेको माडीलाई पर्यटकीय नगरी, उर्वर कृषि क्षेत्रका रूपमा विकास गर्ने सुत्रहरू वनाउने वैज्ञानिकहरूलाई कार्यान्वयन तहमा पुर्‍याउन पहल थालौँ । हजार माइल लामो वाटोको सुरुवात एक माइलवाट नै हुन्छ भन्ने कथनलाई सार्थक वनाउने जिम्मा तपाईं हाम्रो हो ।

  • लेखक ग्रामीण सञ्चार सञ्जाल माडी, चितवनका उपाध्यक्ष हुन्

IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.