सुरु भयो किम्फ
काठमाडौं/ एघारौँ काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिबल (किम्फ) बुधबारबाट सुरु भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा नेपालकी साहारा शर्माद्वारा निर्देशित फिल्म ‘चेजिङ रेन्वोज’को विश्वव्यापी प्रिमियरसँगै फेस्टिबल सुरु भएको हो । प्रतिस्पर्धात्मक फिल्म फेस्टिबलमा २० देशका ४९ मा चलचित्र तथा डकुमेन्ट्री प्रर्दशन गरिनेछ ।
फेस्टिबलको उद्घाटनसत्रलाई सम्बोधन गर्दै किम्फका अध्यक्ष वसन्त थापाले फेस्टिबलले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मानले हौसला बढाएको बताउनुभयो । हिमाल एसोसिएसनले आयोजना गरेको फेस्टिबलको पहिलो दिन विश्व वन्यजन्तु कोष नेपालको प्रस्तुतिमा ‘हामी सबै आबद्ध छौँ’ विषयमा तयार पारिएका १० वटा छोटा फिल्म प्रदर्शन गरिएको थियो ।
सो प्रस्तुतीमा विश्व वन्यजन्तु कोषका सदभावना राजदूत एवं अभिनेता राजेश हमालले वातावरण संरक्षणका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । फेस्टिबलमा सहभागी चलचित्रहरूमध्ये फरक–फरक विधामा उत्कृष्टलाई पुरस्कृतसमेत गरिनेछ ।
पहिलो हुनेलाई एक हजार ५ सय, दोश्रो हुनेलाई १ हजार र तेश्रो हुनेलाई ५ सय अमेरीकी डलर पुरस्कार दिइनेछ । नेपाली प्यानोरामातर्फ सर्वोत्तम डकुमेन्ट्रीलाई २५ हजार र कथानक चलचित्रतर्फ २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.