पछिल्ला सामग्री :
२१ गाविसमा निरक्षरता उन्मूलन गरिने

भोजपुर/ भोजपुरमा यो वर्ष २१ गाविसमा निरक्षण उन्मूलन गरिने भएको छ । निरक्षरता उन्मूलनका लागि जिल्ला शिक्षा कार्यालयले ६२८ वटा कक्षा सञ्चालन गरी १२ हजार जनालाई साक्षर बनाउने तयारी थालेको छ ।

यो अभियान सफल भएमा भोजपुरका ६३ वटै गाविसमा निरक्षरता उन्मूलन हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यस वर्षको साक्षरता कक्षा १ पुसबाट सुरु हुने पनि कार्यालयले जनाएको छ । साक्षरता कक्षा सञ्चालनका लागि कार्यालयले गाविस सचिव र साक्षरता निरीक्षकहरूलाई तालिम दिइसकेको छ ।

साक्षरता कार्यक्रम गाविसले सञ्चालन गर्ने र सामुदायिक अध्ययन केन्द्रले अनुगमन गर्ने तयारी गरिएको छ । यस अगाडि तीन चरणमा गरेर ४२ गाविसबाट निरक्षरता उन्मूलन भइसकेको जिल्ला शिक्षा अधिकारी प्रणराज न्यौपानलेले बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.