पत्रकार महासंघमा उजुरी
काठमाडौं/ सुचनाको हक अन्तर्गत सुचनाको माग गर्दै नेपाल
पत्रकार महासंघमा संभवत: पहिलोपटक निवेदन परेको छ ।
पत्रकार महासंघको सदस्यता वितरणमा अनियमितता भएपछि सदस्यता संवन्धी विवरण माग गर्दै पत्रकार जीवन भण्डारीले महासंघमा बिहीबार निवेदन दर्ता गराउनु भएको हो । नेपाल प्रेस युनियन काठमाण्डौका उपाध्यक्ष समेत रहेका भण्डारीले महासंघको केन्द्रिय कार्यालयमा दर्ता गरेको निवेदनमा महासंघको सदस्यता विवरण संवन्धी पांच प्रकारका सुचनाहरु माग गरिएको छ ।
०६८ सालको जेठदेखि हालसम्म महासंघको नयां सदस्यता प्राप्तीका लागी परेका आवेदनहरुको प्रमाणीत विवरण, नयाँ सदस्यता प्राप्त गर्नेहरुको नामावली र नयाा सदस्यता प्रदान गर्दा अप्नाईएको मापदण्ड भण्डारीले माग गर्नु भएको छ ।सदस्यताका लागी आवेदन दिएका तर सदस्यता नपाएकाहरुले सदस्यता नपाउनुको कारण र नयां सदस्यताका सन्दर्भमा परेका उजुरीको छुट्टाछुट्टै प्रमाणीत विवरण पनि पत्रकार भण्डारीले माग गर्नु भएको छ ।
आमसंचार र पत्रकारिताका विद्यार्थी समेत रहेका पत्रकार भण्डारीले आफुलाई अध्ययन अनुसन्धान प्रयोजनका लागि ति सुचनाहरु अत्यावश्यक भएकाले सुचनाको हक संवन्धी ऐन २०६४ को दफा ३ अनुसार उपलव्ध गराईदिन आग्रह गर्नु भएको छ । ऐन अनुसार महासंघले अव १५ दिन भित्रमा भण्डारीले माग गरेको सवै विवरणहरु उपलव्ध गराउनु पर्छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.