कोइकाको कार्यशाला गोष्ठी
सहदेव चौधरी, काठमाडौ/ नेपाल र कोरियाबीचको सुमधुर सम्बन्ध कायम
राख्न राजधानी काठमाडौमा कोरिया इन्टरनेशनल को-अपरेशन एजेन्सी (कोइका)ले
कोइकासँग सम्बन्धित संघसंस्थाहरुका स्वयमसेवकहरुलाई कोरियन स्वयमसेवकको
बारेमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
कोइकाको स्वयमसेवकहरुको क्षमता अभिवृद्धि, श्रजनशील विचार तथा अभिव्यक्तिहरुलाई थप सुधार गर्ने उद्देश्यले कोइकासँग आवद्ध विभिन्न संघसंस्थाहरुका स्वयमसेवकहरुमा थप नयाँ गतिविधीलाई निरन्तरता दिन र स्वयमसेवामा सक्रियाता बढाउन २९ नोभेम्बरमा राजधानी काठमाडौमा कार्यशालाको आयोजना गरिएको थियो।
कार्यक्रममा कोइकासँग आवद्ध नेपालमा रहेका विभिन्न संघसंस्थाहरुका स्वयमसेवकहरुले कोरियाबाट आएका स्वयमसेवकहरुसँग आफ्ना विचार र सृजनाहरुलाई साटासाट गरेका थिए। यसका साथै आफ्नो संस्थाको गतिविधिको बारेमा विचारहरु आदान प्रदान गरेका थिए। उनीहरुले कोइकाका स्वयमसेवकहरुलाई आन्तरिक सुधार र आगामी दिनमा थप कसरी सक्रिय र कामप्रति प्रतिवद्धता गराउन सकिन्छ भनेर छलफल गरेका थिए।
विशेषगरी कार्यक्रमा स्वयमसेवी भावनलाई उत्साह दिन र सृजनात्मक कार्यलाई निरन्तरता दिन कोइकाले सहयोग गरेको थियो। नेपाल सरकारका विभिन्न मन्त्रालयका पदाधिकारीहरु, कोरियाबाट आउनु भएका कोरियन स्वयमसेवकहरु तथा यससँग सम्बन्धित संघसंस्थाहरुका स्वयमसेवकहरुको सहभागीता रहेको थियो।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.