फेसबुक र ट्विटरमा बाबुरामले भने,' चुनाव प्रतिगमनको सूचक'
सहदेव चौधरी, काठमाडौ, १७ मंसिर/ पूर्व प्रधानमन्त्री एवं एकिकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले क्रान्तिपछिको उपलब्धीहरुलाई बेलैमा संस्थागत गर्न नसकिए र संक्रमणकाल लम्बिए प्रतिगमन हाबी हुने सक्ने अभिव्यक्ति दिनु भएको छ। करीब १ घण्टा अगाडी नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा र ट्विटरमार्फत सो दिनु भएको हो।
भटराईले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फतको स्टाटसमा 'कुनै ठुलो क्रान्तिपछि त्यसका उपलब्धिहरुलाई बेलैमा संस्थागत गर्न सकिएन र संक्रमणकाल लम्बिदै गयो भने प्रतिगमन हाबी हुन थाल्दछ। यो इतिहासको अकाट्य नियम हो। नेपालको अहिलेको निर्वाचन परिणाम त्यसैको सूचक हो। सबैलाई चेतना भया! लेख्नु भएको छ।
यसअघि पनि भट्टराई आफु प्रधानमन्त्रीकालमा रहदाखेरी आफ्ना मनमा लागेका अभिव्यतिहरु माइक्रो ब्लगिङ ट्विटर र सामाजिक सञ्जाल फेसबुकमार्फत दिदै आएनु भएको थियो। भट्टराईले कहिले ट्विटरमार्फत 'संचारमा राहत प्याकेज घोषणा गर्ने तयारीमा सरकार' त कहिले 'प्रधानन्यायाधिश खिलराज रेग्मीको बारेमा विवाद नगर्नसु' भनेर अभिव्यक्ति दिदै आउनु भउको थियो। यति मात्रै आप्नो प्रधानमन्त्रीत्व कालमै ट्विटरमै रिसाउनसम्म पछि पर्नु भएन। उहाँले ट्विटरमा भन्नु भएको थियो, ' अश्लील नबोलौ' न्यूनतम शिष्टताको निर्वाह गरौं। मन नपरे वा मन नलागे लेख्ने वा वोल्ने कष्ट नगरौं ।’
केही समय अघि युवा पुस्तामार्फ सामाजिक सञ्जामार्पत विभिन्न अभिव्यक्ति दिदै बाबुराम भट्टराई चर्चित नै बन्नु भएको थियो। ट्विटरमा उहाँले प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट आईडी @brb_laaldhwoj राखेर चर्चाको शिखरमा चुलिए पनि बारम्बार विभिन्न अभिव्यतिहरु दिएर फेसबक र ट्विटर प्रयोगकर्ताहरुको ताली र गाली दुवै बेहोर्नु परेको थियो।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.