पछिल्ला सामग्री :
भ्रष्टाचारमा सुध्रियो नेपाल

काठमाडौं/ नेपालमा अघिल्लो वर्षको तुलनामा भ्रष्टाचार घटेको एक तथ्यांकले देखाएको छ । विश्वभरको भ्रष्टाचारको नियमन गरिरहेको ट्रान्सपरेन्सी ईन्टरनेशनलले जारी गरेको भ्रष्टाचार तथ्यांक २०१३ मा नेपालले अघिल्लो वर्षभन्दा केही सुधार गरेको देखिएको हो ।

नेपाल यो वर्ष विश्वका १ सय ७७ मुलुकमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने ६१ औं मुलुक बनेको छ । अघिल्लो वर्ष नेपाल विश्वको ३८ औं भ्रष्ट मुलुक बनेको थियो । नेपालले सुशासनको सय पूर्णाकंमा ३१ अंक हात पारेको छ । विश्वको सबैभन्दा भ्रष्ट मुलुकमा भने सोमालिया,उत्तर कोरिया र अफगानीस्तान रहेका छन् ।

उनीहरुको समान आठ अकं रहेको छ । विश्वका भ्रष्ट मुलुकहरुको सूचीमा भारत ८३ औं स्थानमा रहेको छ । चीन ९७ औं भ्रष्ट मुलुक बनेको छ ,भने सूचीमा पाकिस्तान ५० औं भ्रष्ट मुलुकको रुपमा परेको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनलले भ्रष्ट्रचार बढ्नुको मुल कारण सत्ताको दुरुपयोग तथा  घुसखोरि भएको जनाएको छ । 
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.