पछिल्ला सामग्री :
सालनालसहितको शिशु मृत फेला

विराटनगर/  विराटनगर नौ मा मंगलवार सालनालसहितको नवजात शिशु मृत अवस्था फेला परेका छन् ।
आदर्श स्कुलको पछाडी रहेको सडक छेउमा शिशु बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगोलियन अनुहार भएको शिशुको बारेमा पहिचान हुन नसकेको प्रहरीको भनाई छ । 
पोष्टमार्टका लागि शवलाई कोशी अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ । शिशु कसले फालेको  हो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.