दुई बालिका बलात्कृत
प्यूठान/ महिला हिंसाबिरुद्धको अभियान चलिरहेका बेला प्यूठानमा दुई बालिका बलात्कृत भएका छन् ।
तुषारा गाविसका १३ र १४ वर्षका बालिका
गाउँका यूवाहरुबाट बलात्कारको शिकार भएका हुन् । उनीहरुलाई तुषारा गाविसकै
२५ वर्षका खड्कबहादुर सुनार र वर्ष २० का सुवाष सुनारले जंगलको बिच बाटोमा
करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
रक्सीले मातेर ओखरकोट ढाँडबाट घरतर्फ
जाँदै गरेका उनीहरुले तुषारा–२, स्थित छिपछिपे जंगलमा सोमबार दिउँसो
बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेको प्रहरीले जनाएको छ ।
यूवाहरुबाट दिउँसै करणीमा परेका पीडित
बालिकाहरु सोमवार बेलुका अबेरसम्म आफन्तको सम्पर्कमा आएपनि मंगलबार जाहेरी
दिएपछि मात्र घटना सार्वजनिक भएको स्थानीय बिष्णु न्यौपानेले बताउनुभयो ।
अभियुक्त खड्कबहादुरलाई स्थानीयले पक्राउ
गरी प्रहरीलाई बुझाएका छन् भने उनलाई प्रहरीले अनुसन्धानका लागि अहिले
हिरासतमा राखेको छ । अर्का अभियुक्त सुवास भने फरार छन् ।
साभार : उज्यालो अनलाइनबाट
साभार : उज्यालो अनलाइनबाट
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.