बागमती बचाउ अभियन्ता वैद्यको निधन
काठमाडौं/ नेपालका प्रथम कृषि इन्जिनियर एवं बागमती बचाउ अभियन्ता हुतराम वैद्यको मंगलबार बिहान ९४ वर्षको उमेरमा निधन भएको छ ।
फोक्सोमा संक्रमण देखिएपछि गत २७ मंसिरमा उनलाई नर्भिक अस्पताल थापाथलीमा उपचारका लागि भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको मंगलबार बिहान ७ बजे निधन भएको हो । वैद्यले भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका थिए । नेपालकै पहिलो डाक्टर रत्नदासका कान्छा छोरा उनी बागमती बचाउ अभियानमा करिब २५ वर्षदेखि क्रियाशील थिए ।
उनको मंगलबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । उनको पार्थिव शरीरमा उनका जेठा छोरा अनन्तराम वैद्यले दागबत्ती दिएका थिए । उनका दुई छोरा र एक छोरी छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.