पछिल्ला सामग्री :
दोस्रो चरणका खेलमा तीन हात्ती फाइनलमा

चितवन/ चितवनको सौराहामा जारी अन्तर्राष्ट्रिय हात्ती महोत्सवको हात्ती दौडमा तीनवटा हात्ती फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको दोस्रो चरणको खेलबाट ६ मध्ये तीन हात्ती फाइनलमा प्रवेश गरेका हुन् । बाघमारा चौरमा भएको खेलमा हाइवे स्टारको एकता कली प्रथम, रानी अस्ट्रेलियनको कोसी कली द्वितीय र माउन्ट एभरेस्ट ब्रुअरीको मारुतीकली तृतीय हुँदै फाइनलमा पुगेको प्रतियोगिताका सञ्चार संयोजक केशव पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी कुशप्रसादको ह्याट्रिकले किष्ट बैंक हात्तीका छावाहरूको रोमाञ्चकारी फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा किष्ट वैंकले सिजी फुड्सलाई ३–० ले पराजित गरेको हो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.