कविता नलेखिने भयो (गुरुदत्त ज्ञवाली)
न ब्यवहार बिग्रेर जोगी हुनुपरेको छ
न निलडाम छन् श्रीमतीले कुटेर
न चुनाव नै हारिएको छ
कुन चोटले म कबिता लेखुं ?
न छोरीले कतै लभ ठोकी भन्नु
न छोराले गल्लीमा गफ ठोक्यो भन्नु
न घर ज्वाइँ हुनु परेको छ आज सम्म
कुन खोटले म कबिता लेखुँ ?
देश बिग्रेका कुरा गरेर
न पागल हुनुपरेको छ
न संबिधान बनेन भनेर
बिलाप गर्नु परेको छ
संघियताको ब्यापार त
पेशै होइन मेरो
बर्गियताको आडम्बर ल्याउने
कार्लमार्क्स को देहान्त भैसक्यो
भोटे माओको माओबाद
यो माटोमा नसुहाउने कुरा भयो
अर्थशास्त्र पढेर को ठुलो भाछ र ?
महायज्ञमा चरु नहोमी नहुने भएपछि
केको रनाहामा म कबिता लेखुं ?
बश,
आँखा भएर नि क्यै नदेखिने भयो
अबोप्रान्त कबिता लेख्दै नलेखिने भयो ।
न निलडाम छन् श्रीमतीले कुटेर
न चुनाव नै हारिएको छ
कुन चोटले म कबिता लेखुं ?
न छोरीले कतै लभ ठोकी भन्नु
न छोराले गल्लीमा गफ ठोक्यो भन्नु
न घर ज्वाइँ हुनु परेको छ आज सम्म
कुन खोटले म कबिता लेखुँ ?
देश बिग्रेका कुरा गरेर
न पागल हुनुपरेको छ
न संबिधान बनेन भनेर
बिलाप गर्नु परेको छ
संघियताको ब्यापार त
पेशै होइन मेरो
बर्गियताको आडम्बर ल्याउने
कार्लमार्क्स को देहान्त भैसक्यो
भोटे माओको माओबाद
यो माटोमा नसुहाउने कुरा भयो
अर्थशास्त्र पढेर को ठुलो भाछ र ?
महायज्ञमा चरु नहोमी नहुने भएपछि
केको रनाहामा म कबिता लेखुं ?
बश,
आँखा भएर नि क्यै नदेखिने भयो
अबोप्रान्त कबिता लेख्दै नलेखिने भयो ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.