कतारमा नेपाली सांगितिक मेला
बिल गुरुङ,दोहा, (कतार)/कतारवासी तमूहरुले तमूहरुको महान पर्व ल्होसार भव्यताका साथ मनाउने तयारी गरि रहेको समाचार छ । यस वर्ष सप्रि ल्हो (सर्प वर्ग) लाई बिदाई गर्ने र त ल्हो (घाडा वर्ग) लाई स्वागत
गर्ने पर्वको रुपमा मनाईदै छ । तमू (गुरुङ) समाज कतारको आयोजनामा यहि आउने जनवरी १७ तारिख शुक्रवार मुञ्तजा स्थित अलअरबि स्पेर्टस क्लबको हलमा विभिन्न सांस्कृतिक र सांगितिक प्रस्तुतिहरुका साथ ल्होसार विशेष कर्याक्रम सम्पन्न हुदै छ ।

तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारको आयोजनामा सम्पन्न भईरहेको नेपाली सांगितिक मेला २०१३ को ग्राण्ड फिनालेलाई पनि सोहि ल्होसार विशेष कार्यक्रमका दिन आयोजना गरिदै छ । “नेपाली कला र संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाहरुको खोजि गरौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको नेपाली सांगितिक मेलामा विभिन्न विधामा स्थानिय कलाकारहरुले प्रतिष्पर्धा गरि रहेका छन् । विशेषत बैदेशिक रोजगारको शिलसिलामा कतारमा कार्यरत नेपाली प्रतिभावान कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउन एउटा मञ्चको व्यवस्था गर्न यो सांगितिक मेलाको आयोजना गरिएको आयोजकहरु बताउछन ।
तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष आशबहादुर गुरुङका अनुसार एकल गायन प्रतियोगिताबाट गैरआवासीय नेपाली तारा २०१३ कतार, एकल नृत्य प्रतियोगिताबाट गैरआवासीय नेपाली नृत्य तारा २०१३ कतार, लोकदोहोरी गीत प्रतियोगिताबाट उत्कृष्ठ लोकदोहोरी समुह २०१३ कतार र युगल तथा सामुहिक नृत्य प्रतियोगिताबाट उत्कृष्ठ युगल तथा सामुहिक नृत्य समुह २०१३ कतार छनौट गरिने छन । ग्राण्ड फिनालेमा विभिन्न चरणहरु पार गरेका कलाकारहरुले आआफनो प्रस्तुति पस्कनेछन् । ग्राण्ड फिनाले तथा अन्तिम छनौट चरणमा निर्णायकको ५० प्रतिशत अंक र बाँकी ५० प्रतिशत अंक दर्शकको प्रत्यक्ष भोटको आधारमा विजेता छानिने व्यवस्था मिलाईएको छ । कार्यक्रममा सहभागि हुन दर्शकहरुको लागि क्रमश: ३०, ४० र ५० दरका टीकटको व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ ।

नेपाली सांगितिक मेला २०१३ कार्यक्रमका संयोजक तथा तमू (गुरुङ) समाज कतारका अध्यक्ष बिमल गुरुङका अनुसार तमूहरुको महान पर्व ल्होसारलाई प्रवासमा भए पनि विशेष बनाउने प्रयास स्वरुप विभिन्न तयारी भई रहेका छन् । ल्होसारसंग सम्बन्धित विभिन्न प्रस्तुतिहरु रहनुका साथै सांगितिक मेला कार्यक्रमको ग्राण्ड फिनाले पनि सोहि दिन हुने भएकोले यस वर्ष कतारको तमू ल्होसार बास्तवमा नै बिशेष हुनेछ । ग्राण्ड फिनालेमा नेपालबाट निर्णायकको भुमिका निर्वाह गर्न र आआफनो प्रस्तुति पस्कन रिमा गुरुङ होडा, नन्दिता केसी, राजु गुरुङ र देबिका गुरुङ लगायत राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कतार आउने भएका छन । कतारमा आयोजना गर्न लागिएको यस प्रकारको छुटटै कार्यक्रमलाई सफल पारिदन आयोजकले सम्पुर्ण कतारवासी नेपाली दाजुभाई र दिदीबहिनीहरुसँग सहयोगको अपेक्षा समेत गरेका छन ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.