माडीमा आधारभूत पत्रकारिता तालिम
चितवन/ सामुदायिक रेडियो माडीको आयोजनामा माडीको वसन्तपुरमा मंगलबारदेखि एक साताको आधारभूत रेडियो पत्रकारिता तालिम सञ्चालन भएको छ ।
वसन्तपुरस्थित जलवायु अनुकुलन सुचना केन्द्र भवनको सभाकक्षमा सञ्चालन भइरहेको उक्त तालिममा माडीका ४ वटै गाविस तथा राप्तीपारिका क्षेत्रबाट समेत गरी २५ जना प्रशिक्षार्थीको सहभागिता छ । तालिमको पहिलो दिन स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष तथा वरिष्ठ पत्रकार सूर्यप्रकाश कँडेलले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको सुरुवातमा एक विशेष कार्यक्रमका बिच स्थानीय समाजसेवी तथा शिक्षासेवी ओवनाथ पाण्डेले तालिमको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बघांैडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतो, कोषाध्यक्ष टेकनाथ पौडेल, रेडियो माडीका पूर्वस्टेसन को–अर्डिनेटर सूर्य पाठक, स्थानीय कलाकार दिनेश्वर महतोसँगै रेडियोका निर्देशक देव ‘अञ्जान’ शाह उपस्थित हुनुहुन्थ्यो । निर्देशक शाहले तालिमको सहजीकरण गर्नुभएको थियो ।
अपेक्षा चौधरी

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.