चलचित्र निर्देशक शिव रेग्मीको निधन
काठमाडौं/ चलचित्र निर्देशक शिव रेग्मीको आज (सोमबार) बिहान निधन भएको छ ।
मिर्गौलापीडित रेग्मीको उपचारका क्रममा निधन भएको हो । उच्च रक्तचाप, निमोनिया जस्ता रोगका कारण मृगौला प्रत्यारोपणमा रेग्मीलाई समस्या देखिएको थियो । उहाँको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको थियो । प्रेमपूजा चलचित्रमा लेखकको भूमिका निर्वाह गरेर चलचित्रमा छिर्नुभएका रेग्मी सुरुदेखि नै अभिनय, निर्देशन र लेखनमा पोख्त रहनुभएको थियो ।
उहाँले धेरै समय नारायणी कला मन्दिरमा लेखन तथा निर्देशनको काम गर्नुभएको थियो । रेग्मीले स्वदेशभित्र हराएको नागरिक भन्ने नाटकमा राष्ट्रिय अवार्ड पाउनुभएको थियो । रेग्मीले मोहनी, आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दु:ख, हामी तीन भाइ, कहाँ भेटिएलालगायतका चलचित्रमा निर्देशन गर्नुभएको छ ।
रेग्मीका पराई र मनले मनलाई छुन्छ नामक दुई फिल्म रिलिजको क्रममा रहेका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.