पैसा रहेछ जिन्दगी ! (अखण्ड भण्डारी)
काठमाडौ/ गएको साउन १२ गते पत्रकार बीके पाल्पालीको आँखामा रगत जम्यो । हेर्दै अस्वाभाविक रातो देखियो । परिवार र साथीहरूले दौडाएर आँखा अस्पताल पुर्याए । ब्लड प्रेसर अति हाई भएको भन्दै त्यहाँका डाक्टरले निजामती अस्पताल पठाइदिए । राम्ररी जचाउँदा दुवै मृगौला खराब भइसकेका रहेछन् । त्यसपछि त्रिवि शिक्षण अस्पताल पठाइएका उनको त्यहाँ पनि उपचार हुनसकेन । डाक्टरले भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल लैजाने सल्लाह दिए ।
नयाँदिल्लीको महँगो अस्पताल लगेर त्यति गम्भीर रोगको उपचार गर्ने आर्थिक हैसियत उनमा थिएन । श्रीमती रेणुका भट्टराईले हारगुहार गरेर केही रकम जुटाइन् । र मेदान्त पुर्याइन् । बीकेको मृगौलाको समस्या त गम्भीर थियो-थियो, ब्लड प्रेसर र सुगर पनि अनियन्त्रित भइसकेको रहेछ । डाक्टरले भने, '६ महिना अस्पताल राखेर प्रेसर-सुगर नर्मल बनाएपछि मृगौला फेर्नुपर्छ ।'
डाक्टरले भनेर मात्र के गर्नु, खर्च सकियो ।
दिनको दस-पन्ध्र हजार भारुको मिटर चढिरहन्थ्यो । पच्चीसौं दिन रेणुकाले खर्च जुटाएर ल्याउने भन्दै डाक्टरलाई अनुनय गरिन् । चाँडो आउन सल्लाह दिँदै डाक्टरले बिदा दिए । दुवैजना फर्किएर काठमाडौं आए । बीके ओछ्यानमा ढले, रेणुका सहयोगको याचनामा लागिन् ।
करिब २० लाख नबोकी नगए पनि हुने हालतमा रहेको यो जोडीको हातमा अझैसम्म एक लाख रुपैयाँ पनि छैन । राज्यले मृगौला रोगको उपचारमा केही सहयोग गर्छ रे भनिन्छ, रेणुकाले त्यसको मेलोसमेत पाएकी छैनन् । पतिका छेउमा बसेर फोनबाट सहयोगकै गुहार मागिरहेकी रेणुका हुन् वा बाबा-आमाको हालतले सारा हाँसो बिर्सिसकेकी पाँच कक्षामा पढ्ने एक्ली छोरी सन्ध्या— देख्दा आँसु थाम्न गाह्रो पर्छ । ओछ्यानमा अचेतझैँ ढलेका बीकेको त कुरै नगरौं ! उनी बोल्नसमेत नसक्ने हालतमा पुगिसकेका छन् । चिनेका मान्छे पुगे टुलुटुलु हेर्छन् ।
पाल्पाली परिवारको अघिल्तिर हरेक दिन घाम झुल्किन्छ आस बोकेर, अस्ताउँछ अत्यास दिएर । गन्दागन्दै दिन ढल्किँदैछन् । शरीर झन् गल्दो छ । कसैले सहयोग गर्ला र उपचार गरौंला भन्दाभन्दै रोगले गाल्दै गएको छ । जेलमा बस्नेलाई जति दिन बित्छ, उति खुसी बढ्दै जान्छ । घररूपी जेलको ओछ्यानमा लडेर उपचारको भिख मागिरहेको व्यक्तिलाई चाहिँ घन्टा-घन्टा बित्दा भतभती पोल्दो रहेछ । हँ, कहिले आउला पुग्दो पैसा बोकेर भारत गई मृगौला फेरेर नयाँ जीवन पाउने दिन ?
झन्डै आधा दर्जन पुस्तकका लेखक हुन्, बीके । अलि पहिला किताबको बजार कहाँ थियो र ! त्यसबाट कमाइ नभएपछि श्रीमान-श्रीमती मिलेर 'नेपाल बोर्डर' साप्ताहिक निकाल्न थाले । त्यसको पनि आर्जन भनेकै मुस्किलले अर्को अंक निकाल्नु हो । थोर-बहुत बचाएर दाल, भात, तरकारी । त्यसैका लागि पाइताला खियाएर यो जोडी राजधानीका गल्ली-गल्ली भौंतारियो, तर पनि पेसागत धर्म कहिल्यै उल्लंघन गरेनन् । पेसा दुरुपयोग गरेको भए अहिले जीवन सदुपयोग हुनसक्थ्यो । पेसा सदुपयोग गर्दा जीवन दुरुपयोग भयो । अर्थात् आइपर्दा आफ्नै जीवन किन्ने पैसा साथमा भएन । जीवन लिलामीमा चढ्न लाग्यो, उकासिदिने कोही भएन ।
तर पनि कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । भाग्यवश यो जोडीको एउटै रक्तसमूह रहेछ । चिकित्सकले परीक्षण गर्दा श्रीमती रेणुकाको एउटा मृगौला बीकेलाई दिन मिल्ने सम्भावना धेरै छ । मिलेको अवस्थामा उनी दिन आतुर छिन् । मृगौला खोज्नु र किन्नुपर्ने एउटा झमेला नै सल्टिने स्थिति छ । तर मूल समस्या छ, पैसाकै । जतिसक्दो छिटो भारत जानुछ, साथमा पैसा छँदै छैन ।
कोटेश्वरको महादेवस्थान मन्दिरको फेदीमा सडकको धुलो ह्वार-ह्वार पस्ने अँध्यारो कोठा नै हो, उनीहरूको डेरा । पर्दाले बारेर भागबन्डा लगाई त्यसमै निकालिएको छ, भान्सा । त्यहाँबाट खाना पकाउँदा आउने धुवाँ र तेलको राग सुँघ्दै जिन्दगीका थकित सास फेरिरहेछन्, एउटा इमानदार पत्रकार । सायद महादेवस्थानमा दर्शनार्थ आउने भक्तजनहरूलाई भगवान् महादेव नै आह्वान गरिरहेका होलान्, 'हे बालक ! फूल यता चढाए पनि भेटी मेरै काखमा खपटिइरहेको विचरा बीकेलाई चढाइदेऊ ! तिमीलाई वास्तविक धर्म हुनेछ । मेरो दर्शन गरेको फल पाउनेछौ ।'
हो, वास्तविक धर्म भनेकै कसैलाई मृत्युको मुखबाट जोगाउनु हो । सबैभन्दा पूज्य दान भनेकै जीवन दान हो । लाखौं तीर्थ-व्रत, यज्ञ-यज्ञादि गर्नुभन्दा कुनै निरीहलाई बाँच्ने अवसर दिनु ठूलो पुण्य हो । हामी दानी, ज्ञानी, धर्मात्माहरू मिलेर कतै बीकेलाई बचाउन पो सक्छौं कि ?
आखिर रोगको के भर छ र ! कुन रोग कहिले कसलाई लाग्छ, टुंगै छैन । दुर्गममा बसेर धेरैलाई मृत्युको मुखबाट फर्काएका डाक्टर चित्रप्रसाद वाग्ले आफैं क्यान्सरजस्तो असाध्य रोगसँग लडे, राम्रो उपचार नपाई बितिसके । उनी धेरै धनी वा राज्यको कुनै आकर्षक पदमा भएको भए बेलैमा ठूलो देशको गतिलो अस्पताल जान सक्थे । कुबेलामा लिन आएको काललाई सायद धपाउन सक्थे कि ! तर जिन्दगीको पैसारूपी कठिन रेसलिङमा उनको केही लागेन । उनीभन्दा काल बलियो भयो । उनी भुक्लुक्कै ढले । दुःखको कुरो, देश दर्शकदीर्घामा बसेर ताली बजाइरह्यो !
हुने कुरा भइसक्यो । बीकेबारे चाहिँ बेलैमा सोचिहालौं !
शव्द, तस्वीर साभार : कान्तिपुर

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.