पछिल्ला सामग्री :
उपचार खर्चका लागि अपिल

काठमाडौं/ वोन म्यारोको उपचार खर्चको अभावमा सिन्धुलीका एक वालक राजधानीमा अल्पत्र परेका छन । 

राजधानीको गौशालामा रहेको महेन्द्रनारायण मेमोरियल अस्पतालमा भर्ना भएका सिन्धुलीको वित्तिजोरका १२ बर्षिय प्रकाश थापालाई उपचारका लागी खर्चको अभाव भएको हो । 

छोरा प्रकाशको उपचारका लागी अस्पतालले १० देखि १२ लाख रुपैयासम्म लाग्ने बताएपछि उपचार गर्न नपाएर अल्पत्र परेको प्रकाशका वुवा कर्णवहादुर थापाले बताउनु भयो । उहाले आफु आर्थिक रुपमा निकै कमजोर भएकाले छोराको उपचार गर्न जुटाउन नसक्ने भन्दै सहयोगका लागी सवैसंग आग्रह गर्नु भएको छ। 

प्रकाशको उपचारका लागी सहयोग जुटाउन राष्ट्रिय वाणिज्य वैकमा प्रकाशका मामा सुदर्शन कार्कीको नाममा १३४००३२०१८१० नं।को खाता खोलिएको पनि उहाले जानकारी दिनुभयो । नेपालमा निकै दुर्लभ मानिएको वोनम्यारोको उपचारका लागी सुरुमा ३ लाख रुपैया लाग्ने र कुल १२ लाख सम्म लाग्न सक्ने अस्पतालले बताएको छ। 

अस्पतालका अध्यक्ष भानुभक्त ढकालले पनि उपचार सामग्रीहरु विदेशबाट ल्याउनु पर्ने भएकाले उपचार आफैमा खर्चिलो हुने बताउनु भयो । उहाले सेवा शुल्कमा अस्पतालले सहुलियत दिन सकेपनि उपचार सामग्रीको खर्च वेहोर्न भने नसक्ने जानकारी दिनुभयो । 

 बच्चाको उपचारका लागी तत्काल सहयोग जुट्न नसकेमा अस्पतालमै राखिरहन पनि नसक्ने भएकाले उपचार विना नै घर फर्काउनु पर्ने वाध्यता रहेको विरामीको सहयोगमा जुट्नु भएका समाजसेवी गोविन्द पुडासैनीले बताउनु भयो । 

 यस वारेमा थप वुझ्न चाहनुहुनेहरुले सुदर्शन कार्की र कर्णवहादुर थापालाई ९७४१२३९०४१ र ९८१३८१५१४९ मा सम्पर्क गर्न सक्नुहुनेछ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.