चार बाल श्रमिकको उद्धार
प्युठान/ प्युठान धर्मावतीस्थित एक पाउरोटी उद्योगमा चरम श्रमशोषणमा परेका चार बालश्रमिकको स्थानीय प्रशासनले पुस २६ गते शुक्रबार उद्धार गरेको छ ।
चार बालश्रमिकलाई उद्योग सञ्चालकले चरम शोषण गरेको खबर सञ्चारमाध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला बाल कल्याण समितिको संयुक्त टोलीले शुक्रबार बिहान उद्योगमा छापा मारी उनीहरूको उद्धार गरेको हो ।
सदरमुकामबाट १७ किलोमिटर टाढा रहेको उद्योगबाट ती बाल श्रमिकको उद्धार गरी सदरमुकाम ल्याइएको छ । उद्धार गरिएका चारैजना बालक दशदेखि १२ वर्ष उमेरका छन् । धर्मावती गाविस–१ बाग्दुलामा सञ्चालित आदि पाउरोटी उद्योगका सञ्चालक सहदेव माझीले ती बालकलाई दैनिक १८ घन्टासम्म काम लगाउने गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णमणि ज्ञवाली, जिल्ला बाल कल्याण समितिका अध्यक्ष मेघराज भट्टसहितको टोलीले उद्योगमा छापा मारेको हो । अनुगमनका क्रममा पाउरोटी उद्योग सञ्चालक माझी भने फेला परेनन् । जिल्ला प्रशासन कार्यालयले तत्काल कार्यालयमा हाजिर हुन माझीलाई निर्देशन दिएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.