पछिल्ला सामग्री :
फेसन आइकन अर्बपति

एजेन्सी/ आफ्नो कम्पनी पब्लिक भएपछि फेसन आइकन मिचेल कोर्स दुई वर्षयता अर्बपतिको छविलाई पछ्याइरहेका थिए । यो वर्षको शुरुवातमै उनले आफ्नो स्थान अर्बपतिको सूचिमा पार्न सफल भएकाले गत मंगलबार उनको कम्पनीको शेयर २० प्रतिशतले माथी उक्लेपछि भएको कमाईले उनी अर्बपति बन्न सफल भएका हुन् ।

फोब्र्सका अनुसार उनको कम्पनीको शेयर बढोत्तरीले मिचेललाई ‘टप’ मा पुर्‍याइदियो । आफुसँग बढी शेयर भएपनि त्यसको न्युन मुल्यका कारण उनी सूचिमा पर्न सकेका थिएनन् । अहिले उनीसँग ४० लाख शेयर छ । तर यसको मुल्य अहिले ३६ करोड अमेरिकी डलर छ । उनको नीजी सम्पत्तिको चाङमा थपिएको यो सम्पत्तिले मिचेललाई अर्बपति बनाइदिएको छ । फेब्रुअरी शुरुवातमै उनीसँग रहेको सम्पत्ति १ अर्ब अमेरिकी डलर नाघेको छ । यसअघि २०१३ को अन्तिम त्रैमासिकमा उनको सम्पत्ति ८६ करोड अमेरिकी डलर थियो । ‘मिचेलले राम्रो होलिडे मौसम मनाएका छन्, विश्वमा ब्राण्डप्रतिको चेतना बढ्दै जादाँ हाम्रो लक्जरी उत्पादनको माग निकै बलियो भयो, यसले मिचेललाई राम्रो फाइदा पुगेको छ,’ कम्पनीका प्रमुख कार्यकारी जोन आइडोलले फोब्र्सलाई भनेका छन् ।

उनको कम्पनी मिचेल कोर्स होल्डिङमा लगानी गर्ने दुई जना सिलास चोऊ र लोरेन्स स्ट्रोल पहिले नै अर्बपतिको सूचिमा परेका छन् । सन् २००३ मा कोर्स कम्पनीको कही शेयर हङकङका स्पोर्टस्वेयर कम्पनीमा लगानी गर्नेले किनेपछि यसको बजार मुल्य १० करोड डलरमा सिमित थियो । अहिले यसको बजार मुल्य १८ अर्ब ५० करोड डलर रहेको फोब्र्सले जनाएको छ । जसले गर्दा कोर्सका अर्का दुई लगानीकर्तासँग अहिले दुई/दुई अर्ब डलर सम्पत्ति छ । मिचेल पछिल्ला अर्बपति फेसन आइकन हुन् । पछिल्ला दुई वर्षमा टोरी बर्च, सारा ब्ल्याक्ली, रेन्जो रोजो, निकोलस पुच, डोमेनिको डोल्स र स्टेफानो गाब्बना र कासेग्रेन जस्ता फेसनका व्यवसायीहरू अर्बपतिको सूचीमा समावेश भएका छन् । त्यसअघि फेसनका महाराजाका रुपमा चिनिने मिउक्किया प्राडा, राल्फ लाउरेन, जेरार्ड र अलेन वर्थइमेर र जोर्जियो अरमानी मात्र अर्बपतिको सुचिमा थिए । मिचेलकी आमा मोडलिङबाट फेसनको क्षेत्रमा आएकी थिइन् ।

उनैबाट प्रभावित भएर मिचेल यो क्षेत्रमा आएका हुन् । उनले पहिरन डिजाइन र त्यसलाई बेच्ने काम अभिभावकको रायअनुसार ‘टिन’ उमेरमै सुरु गरेका हुन् । पछि उनले पुरानो नामलाई परिवर्तन गरी कम्पनीको नाम आइरन बटरफ्लाई राखे । सन् १९७७ मा उनले न्युयोर्कमा फेसन इन्स्टिच्युट अफ टेक्नोलोजी शुरु गरे । कारणवश नौ महिनामा कम्पनी बन्द गरेर उनले अर्कैको बुटिकमा जागिरेको काम गरे । यसको केही समयपछि डन मेलोमा फेसन डाइरेक्टरको रुपमा उनले बर्जड्रफमा काम पाए ।

सन् १९८१ मा उनले केहीहरूको पहिरन डिजाइन गर्ने र बेच्नका लागि कम्पनी शुरु गरे । तर १९९३ मा यो कम्पनी टाट पल्टियो । उनी फेरी १९९७ मा कम मुल्यका डिजाइनर ड्रेस लिएर केलिन नामक कम्पनी मार्फत फेसनको दुनियाँमा फर्किए । सन् २००३ मा उनले केलिन छोडेर आफ्नो ब्राण्ड कोर्स ‘मेनवेयर’ केन्द्रित भएका हुन् ।

यो ब्रान्डको डिजाइनमा जेनिफर लोपेज, राचेल म्याकएडम, इलीस्सा, हेइदी क्लम, क्याथरिन सजिएका छन् । त्यस्तै मिचेलले अमेरिकी ‘फस्र्ट लेडी’ मिचेल ओबामाका लागि कालो स्लिभलेसको डिजाइन गरेका थिए । त्यस्तै जोयन एलेनले एकेडेमी अवार्डमा उत्कृट अभिनेत्रीको मनोनयनका बेला मिचेलले डिजाइन गरेको गाउन लगाएकी थिइन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.