पछिल्ला सामग्री :
यी हुन संसारकै ‘हट’ राष्ट्रपति (तस्बिरसहित)

एजेन्सी । हामीलाई लाग्छ, राष्ट्रपति, राष्ट्राध्यक्ष वा प्रधानमन्त्री भनेको भलाद्मी हुनुपर्छ । औपचारिक पहिरनमा ठाँटिएका तस्बिरहरु कल्पनामा हाम्रो अगाडि उभिन्छ, जब हामी राजनीतिक नेतृत्वलाई सम्झन्छौं । कम्तिमा पनि हाम्रो सन्दर्भमा यी सर्वोच्च पदमा उमेरले नेटो काटेकाहरु पुग्छन्, हामीसँग यस्तै अनुभव छ ।

क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविकलाई देखेर तपाईंलाई ठम्याउन गाह्रो हुनेछ कि उनी एक मोडेल हुन् वा राष्ट्रपति ? कोलिन्दा, क्रोयशियाकी पहिली महिला राष्ट्रपति हुन् र उनी यो पदमा १९ फेब्रुअरीमा निर्वाचित भएकी थिइन् । ४७ वर्षीया राष्ट्रपतिको विवाह १९९६ मा जैकव क्रित्रोविकसँग भयो र उनको दुई बच्चा पनि छन् ।

राष्ट्रपति बन्नुभन्दा पहिला कोलिन्दा नाटोमा सहायक सचिवको पदमा काम गरिरहेकी थिइन् । नाटोमा उक्त पदमा काम गर्ने उनी पहिलो महिला थिइन् । २००५ देखि २००८ सम्म उनी क्रोएशियाको विदेशमन्त्री पनि बनेकी थिइन् । तर क्रोएशियाली जनता उनलाई सबैभन्दा हट र ग्ल्यामरस राष्ट्रपति मान्दछन् र संसारमा कैयौं देशमा उनको यस्तै छवि छ ।









IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.