पछिल्ला सामग्री :
बीच सडकमा टपलेस, कारण यस्तो पो ! (फोटो फिचरसहित)

एजेन्सी ।  लैंगिक समानताका लागि अमेरिकाको न्युयोर्क र लस एन्जलससहित धेरै सहरमा ‘गो टपलेस डे’ मनाइएको छ ।

यस महोत्सवमा हजारौं पुरुष–महिला सहभागी भएका थिए । महिलाहरूले आफ्ना शरीरमा विभिन्न थरीका नारा र सन्देशहरू लेखेका थिए । सबैको एउटै उद्देश्य लैंगिक समानता थियो ।

माग के ? :
– यूएसमा हरेक वर्ष ‘गो टपलेस डे’ मनाइन्छ ।
– यस मौकामा यस्तो कार्यक्रमबाट सबैलाई चकित बनाइदिने गो टपलेस संगठनकी अध्यक्ष नेडाइन ग्रे बताउँछिन् ।
– टपलेस हुने महिलाको माग २१औं शताब्दीमा जति उचित छ उति २०औं शताब्दीमा उनीहरूलाई मतदानका लागि माग हुने गरेको थियो ।
– यो कामुकताले भरिएको हुन सक्ला तर कामुकता हुनु अवैध होइन ।

शरीरलाई खुला गर्न यस्ता माग :
– यस महोत्सवमा विभिन्न थरीका व्यक्ति विभिन्न सन्देशमूकल प्लेकार्डसहित र्यालीमा सहभागी भएका थिए ।
– शरीरमा कसैले ‘मेरो शरीर क्राइम होइन’ र ‘कसैले शरीरलाई खुला राखौं’ लगायतका सन्देश लेखेर प्रदर्शन गरेका थिए ।
– मासाकेक्वाको डेब ग्लाउडले भनेका छन् कि– ‘म गत ४ वर्षदेखि यो र्यालीमा साथीहरूसँग सहभागी हुँदै आएको छु ।’
– हामी सबै साथी यस विषयमा महिलाको साथ छौं र उनीहरूको पक्षमा छौं ।
– न्युजर्सीकी टोरी म्क्लनेनीले भनिन्– ‘म चाहन्छु कि अरू पनि यस उत्सवमा सहभागी होऊन् ।’
– मलाई स्वयं आफ्नो शरीरका केही भागमा कपडाले छोप्न राम्रो लाग्दैन ।
– टपलेस हुनु ठूलो कुरा होइन ।
ह्याप्टनमा यस उत्सवको आयोजक सिनक्लेयरले भनेका छन् कि– ‘हामी सबैलाई बताउन चाहन्छौं कि यो सामान्य हो । यो ठूलो कुरा होइन’
– टपलेस हुने कसैको ध्यान आफूतिर आकर्षित गर्नका लागि होइन ।
– सनक्लेयर स्वयं महिलाको यो समूहकी एक हिस्सा हुन् जसले टपलेस हुनका लागि कानुनी लडाइँसमेत लडिरहेकी छन् ।

























- एजेन्सीको सहयोगमा
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.