पछिल्ला सामग्री :
‘झिँगाबाट खुल्ने छ जीवनको तेस्रो राज’ (फोटो फिचरसहित)

टम बेनेट/बीबीसी
झिँगा कसैलाई मन पर्दैन । खानामा बस्यो भने झिँगालाई तुरुन्तै हटाइन्छ । शरीरमा बस्यो भने धपाइन्छ । उसको भुनभनले पनि हामीलाई चिढचिडाहट बनाउँछ ।

तर, जुन झिँगाहरूलाई हामीले मन पराउँदैनौं यो मानिसको जीवनमा ठूलो काममा आउँछ । पछिल्लो सय वर्षमा झिँगाबारे जति पत्ता लागेको छ उत्तिनै मानवसँग जोडिएका प्रश्नको जवाफ पनि खुलासा भएको छ ।

झिँगा केही सातामात्रै बाँच्छ । यति थोरै समय बाँच्ने झिँगाका विषयमा अनुसन्धान गर्न सजिलो पनि छ । ३–४ सातामा झिँगा आमा, हजुरआमासमेत भइसक्छन् । त्यसैले पनि यिनीहरूको ३–४ पिँढीमाथि केही समयमै अनुसन्धान भइसक्छ । यिनीहरूलाई ल्याबमा राख्न पनि सजिलै हुन्छ । किनभने यिनीहरूलाई ल्याबमा राख्दा खानाको खर्च पनि निकै कम आउँछ । औसत तापमान भए झिँगाले दिनमा ३० देखि ५० वटासम्म फुल (अन्डा) पार्छ । अन्डाको आकार ३ मिलिमिटर मात्रै हुन्छ । यसकारण पनि झिँगालाई सानो अर्थात् थोरै स्थानमा राख्न सकिन्छ ।

जुन झिँगालाई हामीले मन पराउँदैनौं, त्यसलाई उडाइदिन्छौं । यसले विज्ञानका धेरै खोजलाई सफल बनाएको छ । सन् १९३३ मा वैज्ञानिक थमस हन्ट मार्गनले झिँगामाथि गरेको अनुसन्धानका कारण नोबेल पुरस्कार नै हात पार्न सफल भए । यो अनुसन्धानबाट हाम्रो जिन डीएनएका मार्फत एक पिढीबाट अर्कोमा जाने भन्ने पत्ता लागेको थियो ।

यो अनुसन्धानपछि पनि झिँगामाथिको अनुसन्धानबाटै ५ वैज्ञानिकले नोबेल पुरस्कार जितिसकेका छन् । यसबाट मानिसको विकास कसरी हुन्छ भन्नेसमेत पत्ता लागेको थियो । हामी के चाहन्छौं, मानिस किन बूढो हुन्छ भन्ने पनि झिँगाबाटै पत्ता लागेको थियो ।

तपाईं यो थाहापाएर पनि अचम्मित हुनसक्नुहुन्छ कि मानिसमा लाग्ने ७५ प्रकारका रोगका कारण झिँगामा पनि पाउन सकिन्छ ।

झिँगाको ४ जोडी क्रोमोजोम हुन्छन् । क्रोमोजोम हाम्रो शरीरको कोषिकाको भित्र जुन चिज हुन्छ त्यही नै डीएनए रहेको हुन्छ । अर्थात् हाम्रो बनावट र हामीसँग जोडिएका जीव वैज्ञानिक कोड हुन्छ । झिँगामा जम्मा १४ हजार जिन हुन्छन् । यही मानिसमा भने २२ हजार ५ सय हुन्छन् । यसबाटै पनि जानकारी लिन सकिन्छ कि झिँगासँग मानिसको कति नजिकको सम्बन्ध हुन्छ भनेर ।

झिँगा र मानिसको जिनको बनावट मिल्नुले अनुसन्धानमा सहयोगी बनेको छ । मानिससँग जोडिएका धेरै सवालका जवाफ झिँगा अनुसन्धानबाट पनि पाउन सकिन्छ । मदिराको लत कसरी लाग्छ, यो झिँगालाई खुवाएर पत्ता लगाइएको हो । यस्तै हामीलाई निद्रा किन आउँछ, चिया–कफीले निद्रालाई कस्तो असर गर्छ । यी सबै प्रश्नको जवाफ पनि झिँगालाई चिया–कफी खुवाएर गरिएको अनुसन्धानबाट पत्ता लागेको हो ।

विमानमा उड्दा मानिसमा हुने थकान, झिँगा पनि विमानमा यात्रा गर्दा उत्तिकै थकित हुन्छ । विश्वमा हजारौं वैज्ञानिक झिँगाबाट विभिन्न खाले अनुभव गरेका छन् । अन्तरिक्षमा पहिलोपटक पठाइएको जीव पनि झिँगा नै थियो । अब अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पनि झिँगामाथि अनुसन्धान गर्ने अलग–अलग प्रयोगशाला बनेको छ ।
 




IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.