पत्रकारहरूद्वारा प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार

शम्भुराज रेग्मी
सिरहा, फागुन ९/एकीकृत नेकपा माओवादीको मिथिला राज्य समितिको बिहीबारदेखि लहानमा सुरु भएको प्रथम अधिवेशन उदघाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यक्रम नेपाल पत्रकार महासङ्घ सिरहाले बहिष्कार गरेको छ ।
कार्यक्रममा बिहीबार बिहान १० बजे पत्रकारहरूलाई आयोजकले बोलाएर दिउँसो २ बजेसम्म पटकपटक कार्यक्रम स्थल प्रवेश गर्न सुरक्षाकर्मीहरूले रोक लगाउँदै दूर्व्यवहार गरेकोले महासङ्घको नेतृत्वमा पत्रकारहरूले कार्यक्रम बहिष्कार गरेको हो । कार्यक्रमको समाचार सङ्कलन र फोटो खिच्नबाट समेत रोक लगाई वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक श्यामल सुब्बाले पत्रकारहरूलाई अभद्र व्यवहार गरेको प्रति महासङ्घ सिरहा शाखाका अध्यक्ष दिनेश्वर गुप्ताले विज्ञप्तीमार्फ भर्त्सना गरेको छ ।
पत्रकारहरू कार्यक्रम स्थल प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षा अधिकृतले पत्रकारहरूलाई दूर्व्यवहार गरिरहँदा आयोजक पक्ष जिम्मेबार नबनेको र प्रेस काउन्सिलका सदस्यसमेत रहेका मिथिला राज्यका सहसचिव रामरिझन यादव मुकदर्शक बनेको प्रति पत्रकारहरूले खेद प्रकट गरेका छन् । एकीकृत नेकपा माओवादीको मिथिला राज्य समितिको प्रथम अधिवेशन सिरहाको लहानमा बिहीबारबाट सुरु भएको हो ।
पार्टी भित्रको आन्तरिक विवादका कारण पटकपटक रोकिएको मिथिला राज्य समितिको बैठक बिहीबारदेखि शुक्रबार (आज) सम्म चल्ने माओवादी पार्टी स्रोतले जनाएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, माओवादीका सङ्गठन विभाव प्रमुख मोहन वैध, सभाषद् वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र मिथिला राज्य समितिअन्तर्गतका सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही गरी ५ जिल्लाका माओवादी नेता कार्यकर्ता सहभागी रहेका छन् । (नेस्वससेको सहयोगमा)

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.