पछिल्ला सामग्री :
पत्रकारहरूद्वारा सभासद्को कार्यक्रम बहिष्कार

शम्भुराज रेग्मीदैलेख, फागुन १९/नयाँ संविधान निर्माणका लागि सुझाव सङ्कलन गर्न जिल्ला पुगेका सभासद्हरूले सञ्चारकर्मीहरूलाई अपहेलना गरेको भन्दै स्थानीय सञ्चारकर्मीहरूले छलफल कार्यक्रम बहिष्कार गरेका छन् ।

सोमबार बिहान दैलेखको सदरमुकाममा रहेको टुंडिखेलमा आयोजित सुझाव सङ्कलन सम्वन्धी सार्वजनिक कार्यक्रममा नेपाली काङ्ग्रेसका निर्वाचन क्षेत्र नं १ बाट विजयी गणेशबहादुर खड्काले कार्यक्रम स्थलमा सबै भन्दा अगाडि बसेका स्थानीय एवम् राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरू तर्फलक्षित गर्दै दैलेखका पत्रकारहरूमा ऋषि धमला मौलाएको भन्दै जथाभावी बोलेका थिए ।

परिचयपत्र राखेर समाचार कहिले नलेख्ने स्वनामधारी पत्रकारहरूले स्थानीय कार्यालय प्रमुखहरू बाट नाजायज रूपमा रकम असुल गरिरहेको, संस्था खोलेर संस्थाको नाममा रकम असुली रहेको आरोप लगाएका थिए ।

अधिकांश समय माओवादीलगायत अन्य राजनैतिक दल तथा सञ्चारकर्मीहरूलाई गाली गर्न समय खर्चेका सभासद् खड्काले बोल्ने क्रममा सञ्चारकर्मीहरू हल्ला गर्दै कार्यक्रम स्थलबाट बाहिरिएका थिए । जिल्लाका चारजना सभासद्सहित छजना सभासद् सुझाव सङ्कलनका लागि दैलेख आइपुगेका छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.