विचित्रको दृष्य
हिमालीयुवा डेस्क
काठमाडौँ, चैत ३१/कार्यक्रम थियो गणेशमानसिंह अध्ययन प्रतिष्ठानको । प्रमुख अतिथि राष्ट्रपति डा. रामवरण यादव । अन्य वरिष्ठहरू पनि टन्नै थिए काठमाडौँमा रहेको भृकुटीमण्डपको बगैचामा । कार्यक्रम नै चियापानको । चियाखानको लागि व्यवस्था गरिएको गिलास थियो प्लाष्टिकको ।
काठमाडौँ, चैत ३१/कार्यक्रम थियो गणेशमानसिंह अध्ययन प्रतिष्ठानको । प्रमुख अतिथि राष्ट्रपति डा. रामवरण यादव । अन्य वरिष्ठहरू पनि टन्नै थिए काठमाडौँमा रहेको भृकुटीमण्डपको बगैचामा । कार्यक्रम नै चियापानको । चियाखानको लागि व्यवस्था गरिएको गिलास थियो प्लाष्टिकको ।



उनको वरिपरी झुम्मीनेहरूको सङ्ख्या बाक्लियो । तर रमिते बनेर शाह जुठा गिलास टिपिरहँदा उनीहरू मज्जा मानेर हाँस्दै हेरिरहेका थिए । यसरी हास्नेमा एमाले नेता अमृतकुमार बोहोरा एमाले सचिव प्रदिप ज्ञवाली पनि थिए । तर उनीहरू साहसँगै गिलास टिप्न गएनन हाँसी रहे । यसो हेरेको मन्त्रीको सुरक्षाका लागि खटिएका सैनिक जवान पनि मन्त्रीको काम देखेर मज्जाले हाँसिरहेका पो थिए ।


मन्त्री साहले हात धोए अनी रेष्ट गरे केही समय । उनी मौन थिए । धेरै बोलिरहेका थिएनन् । न कुनै भाषण नै गरे उनले । काम गरे अनी खुरुखुरु लागे आफ्नो बाटो ।

साहको यो पहिलो काम त पक्कै हैन नै । यस अगाडि उनी आफैं बागमती सफाइ अभियानमा सहभागी भएका थिए । अरु मन्त्री भएको भए । बागमती हाम्रो सभ्यता हो यसलाइ जोगाउनुपरछ भन्ने भाषण ठोकेर भागिहाल्थे । तर उनी भाषणतिर लागेनन् । सफाइ अभियानमा काममै जुटे उनी । साच्चिकै अहिलेको सरकारमा भएका मन्त्री मध्ये सानो दल नेकपा संयुक्तका नेता साह मात्र त्यस्ता मन्त्री देखिएका छन् जो कुरामा हैन काममा विस्वास गर्छन् । तर हामी सकारात्मक र रचनात्मक कामलाइ कत्तिको स्थान दिन्छौ भन्ने उदाहरणसमेत बने मन्त्री साह । लागेको थियो उनको यो कामको सबैले प्रशंसा गर्नेछन् । तर सञ्चार माध्ययम उनको बारेमा मौन थिए । उनको सकारात्मक काम नागरिक माझ पुग्न असफल भयो । उनको यो यात्राले सफलता पाओस् । ब्लगरसमेत रहेका मन्त्री साहलाई सलाम ।
तस्वीर सौजन्य :: श्रीधर पौडेल
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.