दुई सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन
हिमालीयुवा डेस्कपरासी, चैत ३०/नवलपरासीको विभिन्न क्षेत्रको जङ्गलमा विगत दुई सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
डडेलो नियन्त्रण गर्न कुनै पक्षबाट पनि पहल नहुँदा दुइ सातादेखि नवलपरासीको विभिन्न जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको हो । दाउन्नेको कैलाश, आमबास, बाँसखोला, सुखौरा, संसारकोट, तिल्कना, रूपौलिया, धु्रकोट गाविसअन्तर्गतका वन क्षेत्र, चिसापानी वन क्षेत्र, पारिजात, सयपत्री, वसन्तलगायत सुनवलसम्मका जङ्गलमा डढेलो लागेको छ ।
जिल्लामा दुइ सातादेखि दाउन्ने पहाडदेखि पूर्व त्रिवेणी र पश्चिमका चुरे पहाडको वन क्षेत्रहरूमा भएको डढेलोले बहुमूल्य जडिबुटी, काठ-दाउरा, बोटविरुवा नष्ट हुँदै गइरहेको छ । त्यस्तै डढेलोबाट जङ्गलमा रहेका बहुमूल्यबान अमला, हर्र्रो, दालचिनीलगायत जैविक विविधतामा महत्वपूर्ण मानिने बोटविरुवाहरू समेत नष्ट भएको छ ।
यस सम्बन्धमा जिल्ला वन अधिकृत हरिनारायण मण्डलले पहाडी क्षेत्रका बाहेकका विभिन्न जङ्गलमा समुदाय, उपभोक्ता र वन कर्मचारीहरूले डडेलो नियन्त्रण गर्न काम जारी राखेको जानकारी दिए । उनले पहाडी क्षेत्रमा डढेलो नियन्त्रण गर्न नसके पनि अन्य केही क्षेत्रमा डडेलो नियन्त्रण गरिसकेको र केही जङ्गलमा डडेलो नियन्त्रण गर्ने कार्य जारी राखेको जानकारी दिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.