पछिल्ला सामग्री :
राष्ट्रका नाममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलो सम्बोधन...!

(मधेशी आन्दोलन चर्केका बेला भएको सम्बोधन)
दाजुभाइ तथा दिदी-बहिनीहरू !देशमा सबै जात-जाति, सबै वर्ग र सबै क्षेत्रका जनताको प्रतिनिधित्व हुने किसिमले तथा देश निर्माणमा सबैको उचित भूमिका रहने गरी, नयाँ संरचनामा देशको नयाँ स्वरूप तयार पार्न हामी लागेका छौं ।
समान जनसंख्या, मुलुकको भौगोलिक स्थिति र अनुकूलतालाई मूलभूत आधार बनाएर, निर्वाचन क्षेत्रको निर्धारण गरिनेछ, यसो गर्दा जिल्लाको निर्वाचन क्षेत्रहरू नघटाई, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रहरूको संख्यामा वृद्धि गरिनेछ । संविधानसभाले बनाउने नयाँ संविधानमा संघीय लोकतान्त्रिक शासन प्रणालीको व्यवस्था हुने नै छ ।
हाल देशका केही भागमा भएका बन्दलगायत आन्दोलनका सबै घटनाहरू तत्काल रोक्न तथा वार्ताद्वारा समस्याहरूको समाधान गर्न र देशमा शान्ति, सुव्यवस्था एवं सद्भाव कायम गर्न म सबैलाई आह्वान गर्दछु ।
आज हामी सबैको प्रमुख जिम्मेवारी आगामी जेठ महिनाभित्र संविधानसभाको चुनाव सुसम्पन्न गर्नु हो । यसप्रति संवेदनशील भएर देशमा शान्ति स्थिति कायम गर्न म मधेसी, आदिवासी, जनजाति, दलित, महिलालगायत विभिन्न वर्ग र क्षेत्रका समुदायसँग हार्दिक अपिल गर्दछु ।
जय नेपाल
२०६३ माघ १७
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.