पछिल्ला सामग्री :
त्रिविमा एक महिनाअघि लागेको ताला खुल्यो

काठमाडौँ, २४ पुस/ एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालयमा लगाइएको ताला आजबाट खुलेको छ ।

तलबवृद्धिलगायतका विभिन्न माग राखेर गत मंसिर अन्तिम सातादेखि राष्ट्रिय प्राध्यापक संघले त्रिवि प्रशासन, भिसी र उपकुलपतिको कार्यलयमा ताला लगाउँदै आएका थिए । त्रिवि प्रशासन र राष्ट्रिय प्राध्यापक संघका पदाधिकारीबीच हिजो भएको वार्तामा सहमति जुटेपछि आजबाट दुवै पक्षको सहमतिमा ताला खोलिएको भिसी हीराबहादुर महर्जनले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।

ताला खुलेपछि आजबाट त्रिविका सबै काम सुचारू भएका छन् ।
IP

,