युद्ध अपराधमा माओवादीलाई अन्तर्राष्ट्रिय परम्पराअनुसार दण्डित गर्नुपर्छ : पौडेल
काठमाडौँ, २४ पुस/ नेपाली
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीलाई युद्ध अपराधका लागि
अन्तर्राष्ट्रिय परम्पराअनुसार दण्डित गर्नुपर्ने बताउनुभएको छ ।
व्यास क्षेत्र विकास कोष तनहुँले मंगलबार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा उहाँले दैलेखका पत्रकार डेकेन्द्र थापालाई ज्युँदै पुरेर मारे, रुकुम कांग्रेसका गाउँ कमिटी सभापतिको हत्याको प्रकरण उठाउँदै मुलुक माओवादीको कुकर्ममा पसेको दाबी गर्नुभयो । पौडेलले भन्नुभयो, ‘माओवादीले जनतालाई असुरक्षित बनायो । यो अपराध कर्ममा अन्तर्राष्ट्रिय कर्मअनुसार माओवादी दण्डित हुनुपर्छ ।’
मुलुकको निकासको जिम्मा राष्ट्रपतिले लिएकाले अब ठोस जिम्मेवारपूर्ण कदम चाल्नुपर्ने आवश्यकता औल्याउँदै अन्तर्राष्ट्रिय प्राक्टिस हेरेर राष्ट्रपतिले चाँडो निकासका लागि कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति असफल हुन नहुने तर्क गर्दै भन्नुभयो, ‘राष्ट्रपतिलाई असफल हुने छुट छैन । उहाँ असफल हुन पाउनु हुन्न । उहाँले मुलुकलाई निकास दिनैपर्छ ।’
उहाँले मुलुकमा प्रजातान्त्रिक पद्धति भएका वेला मुलुकले तत्कालै नयाँ प्रधानमन्त्री पाउने र प्रधानमन्त्री जाने अवस्था रहेको उल्लेख गर्दै अहिले मुलुकमा प्रजातान्त्रिक व्यवस्था भए नभएको विषयमा आशंका व्यक्त गर्नुभयो ।
पौडलेले वेद व्यासको जन्मस्थललाई विश्वभर परिचित गराउन थालिएको प्रयासको प्रशंसा गर्दै त्यसका लागि विज्ञसहितको समिति निर्माण गरेर उपयुक्त गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभयो । वेद व्यासलाई नेपालीको पहिचानको संज्ञा दिँदै उहाँले माओवादीले अहिले ठूला–ठूला स्थापित पहिचान मारेर साना पहिचानलाई स्थापित गर्न लागेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।

![]() |