भक्तपुरमा झडप, पाँच घाइते
भक्तपुर, १३ माघ/ प्रधानमन्त्री
डा. बाबुराम भट्टराईलाई भक्तपुर प्रवेशमा रोक लगाउन बिहानैदेखि जुटेका
प्रतिपक्षी दलका कार्यकर्ता र प्रहरीबीच भक्तपुरको सल्लाघारीमा झडप भएको छ ।
पार्टीको भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्न एकीकृत माओवादीका उपाध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री भट्टराई अर्कै बाटोबाट सभास्थलमा पुगेपछि आक्रोशित बनेको भीड सभास्थलतर्फ बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा पाँचजना घाइते भएका छन् ।
पत्रकारको हत्यामा संलग्नलाई संरक्षण दिएर दण्डहीनता फैलाएको आरोपमा भक्तपुरमा क्रियाशील विपक्षी दलका कार्यकर्ताले प्रधानन्त्रीलाई जिल्ला प्रवेशमा रोक लगाउने बताएका थिए । बिहानैदेखि विपक्षी दलका कार्यकर्ताहरूले अरनिको राजमार्गको सल्लाघारीमा बाटो अबरुद्ध गरेका थिए ।
पार्टीको जिल्ला सम्मेलनमा सहभागी हुन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष तथा प्रधानमन्त्री भट्टराई, अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरू भक्तपुरको पाँचतले भन्ने स्थानमा पुगिसकेका छन् ।
सल्लाघारीको बाटो विपक्षीले अवरोध गरेपछि विपक्षीलाई छलेर माओवादी नेताहरू पेप्सीकोलाको बाटो हुँदै पाँचतले पुगेका थिए । माओवादीको जिल्ला सम्मेलनका क्रममा विपक्षी दलका कार्यकर्ताहरू विरोधमा उत्रिएपछि भक्तपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

![]() |