पारस क्रमशः डिप्रेसनको सिकार
काठमाडौं,/ थाइल्यान्डको बैंककमा एक्लो जीवन बिताइरहेका
पूर्वयुवराज पारस शाहलाई बिस्तारै ‘डिप्रेसन’ले सताउन थालेको छ । तर पनि
परिवारले पारसलाई काठमाडौं बोलाएको छैन ।भावी राजाको भूमिकाबाट बन्चित पारस आफ्नै बुबाको राजनीतिक कदमबाट असन्तुष्ट छन् । पहिलेदेखि नै गाँजालगायतका लागुऔषध सेवन गर्दै आएका उनलाई पछिल्लो समयमा परिवारबाट पूरै एक्लिएपछि डिप्रेसनले सताउन थालेको उनका साथीहरूको भनाइ छ । गाँजासहित समातिएपछि उनी थाइल्यान्डमा सुधारगृहको निगरानीमा छन् ।
उनको तौल घटेर ६५ केजीसम्म पुगेको छ । यसअघि उनको तौल ९० केजीसम्म थियो । पारसमा निराशाका लक्षण देखिन थालेको खबर उनका साथीहरूले ज्ञानेन्द्र, कोमल तथा हिमानीलाई सुनाएका छन् । परिवारले पारसलाई फोनसम्पर्कसमेत नगरेको स्रोतले बतायो ।
बैंककमा जेल परेको घटनामा पारसको परिवारले उनीप्रति सामान्य सद्भावसमेत देखाएन । धीरेन्द्रका तीन छोरी पूजा, सिताष्मा र दिलासाले भने पारसप्रति केही सद्भाव जनाएका थिए । उनीहरूले पारसलाई फोन गरेका थिए । तर, आफ्नै बाबु, आमा तथा पत्नीले समेत वास्ता नगरेपछि पारस विरक्तिएको स्रोतको भनाइ छ ।
पारससँग सम्पर्क नगरे पनि पूर्वरानी कोमल भने छोराको व्यवहारप्रति निकै चिन्तित भएको स्रोतको भनाइ छ । उनले धीरेन्द्रका छोरीहरूमार्फत पारसबारे खबर बुझ्ने गरेकी छिन् । थाइल्यान्डमा सामुदि्रक वस्तुको व्यवसाय सुरु गर्न लागेका वेला गाँजा खाएको आरोपमा थुनामा परेपछि उनको व्यावसायिक योजना पनि तुहिएको छ ।
स्रोतका अनुसार अहिले पारस एनआरएन थाइल्यान्डका महासचिव सुनील खड्काको बैंककस्थित घरमा बसेका छन् । बंैककमा रहेका नेपालीले पनि उनलाई सहयोग गरिरहेका छन् । पारसबारे उनका मातापितालाई जानकारी गराउन खड्का केही दिनअघि काठमाडौं आएको स्रोतको भनाइ छ । खड्काले पूर्वराजारानीलाई भेट्ने प्रयास गरिरहे पनि अझैसम्म भेट्न नपाएको स्रोतको दाबी छ ।
पारसलाई आफ्नो सुरक्षाबारे पनि चिन्ता छ । आफूलाई सुरक्षा ‘थ्रेट’ महसुस भएको भन्दै उनले केही समयअघि शुभचिन्तकमार्फत थाइल्यान्डस्थित नेपाली दूतावासलाई पनि जानकारी गराएका छन् । थाइल्यान्डस्थित नेपाली दूतावासले उनको सुरक्षाबारे पहल गरेको स्रोतको भनाइ छ ।
प्ाारस थाइल्यान्ड गएको डेढ वर्ष भइसकेको छ । ११ भदौ ०६८ मा उनी बैंकक गएका थिए । सुरुमा उनले आफ्नो एक छोरा र एक छोरीलाई सँगै लिएर गएका थिए । तर, अहिले उनीसँग छोराछोरी पनि छैनन् । केही महिनाअघि पूर्वयुवराज्ञी हिमानी आफैँ बैंकक गई छोराछोरीलाई काठमाडौं ल्याएकी थिइन् । पारस सिंगापुर रहँदा हिमानी आवतजावत गर्ने गर्थिन् । तर, अहिले उनले बेवास्ता गर्दै आएको स्रोतको भनाइ छ ।
यता हिमानी निराश
करिब ६ महिनायता हिमानी र पारसबीच फोनसम्पर्कसमेत हुन छाडेको छ । हिमानीले कसरी जीवन बिताइरहेकी छिन्, उनको चाहना के-के छन्, पारसले मतलब गर्न छाडेका छन् ।
अहिले पारस र हिमानी एक्लाएक्लै छन् । स्रोतका अनुसार, पारसविनाको एक्लो जीवन बिताउँदा हिमानी मानसिक रूपमा असन्तुष्ट छिन् । पारस काठमाडौंमा हुँदा उनको हिमानी ट्रस्टले चर्चा कमाउँदै गएको थियो ।
उनी समाजसेवामा सक्रिय हुन खोजेकी थिइन् । पुल्चोकमा रहेको हिमानी ट्रस्टको कार्यालयमा उनी हरेक हप्ता सोमबार, बुधबार र बिहीबार नियमित आउने गर्थिन् । यसैगरी, उनी ट्रस्टकै कार्यक्रमको सिलसिलामा हिँडेरै दोलखाको गाउँ-गाउँ पुगेकी थिइन् । केहीलाई आफैँले साइकल वितरण गर्ने गर्थिन् भने वृद्धाश्रममा गएर वृद्धवद्धालाई खाद्यन्न र लत्ताकपडा बाँड्ने गर्थिन्, तर उनी अचेल फेरिएकी छन् ।
अहिले उनको ट्रस्ट पनि सेलाएको छ । पुल्चोकबाट यसको कार्यालय सारिएको छ । नयाँ कार्यालयमा पनि प्रायः ताला लगाइएको हुन्छ । नयाँ कार्यक्रम सुरु गर्न पनि हिमानीले चासो राख्न छाडेकी छिन् । कार्यालय पनि जान छाडेकी छिन् ।
हिमानीले दुई छोरी र एक छोरालाई आफूसँगै राखेकी छिन् । बैंककमा पारस गाँजासम्बन्धी अभियोगमा थुनामा परेपछि र जरिवाना तिर्नुपरेपछि उनी निकै निराश भएकी छिन् । यस घटनापछि पतिलाई भेट्न उनी बैंकक पनि गइनन् । पारससँग सम्पर्कमा नआए पनि उनी निर्मल निवासमै सासू र ससुरासँगै बस्ने गर्छिन् । ‘पति पारसका विषयमा उनले पारसका साथीहरूसँग जानकारी लिन त खोज्छिन्, तर उनी आफँै पारसलाई फोन गरेर सोधपुछ भने गर्दिनन्,’ हिमानीनिकट स्रोत भन्छ ।
आफ्ना पतिबारे विवादास्पद समाचार आउँदा अन्य नारीझैँ हिमानी पनि दुःखी हुने गर्छिन् । ‘अरू हिन्दू नारीझैँ मलाई पनि पतिको नराम्रा समाचार सुन्नुपर्दा दुःख लाग्छ,’ उनको भनाइ छ । हिमानीलाई पति पारस लामो समयदेखि परिवारसँग छुट्टएिर बसेको मन परेको छैन । पारस भने हिमानीको चाहनाविपरीत लामो समयदेखि बैंककमा बस्दै आएका छन् ।
बैंकक गएको सुरुका दिनमा हिमानी र पारसबीच निकै राम्रो सम्बन्ध थियो । उनीहरूबीच दिनहुँजसो फोनवार्ता हुने गथ्र्यो । हिमानीले पारसलाई आफनो स्वास्थ्यको ख्याल गर्न सल्लाह दिने गर्थिन् । उता, पारसले पनि स्वास्थ्य र परिवारको ख्याल गर्न सल्लाह दिन्थे । तर, अहिले स्थिति त्यस्तो छैन ।
०५६ माघ ७ मा बिहे गरेका पारस र हिमानीबीचको दाम्पत्य जीवनले १४ वर्ष टेकेको छ । उनीहरूका दुई छोरी र एक छोरा छन् । यो जोडीबीच वेला-वेला टकराव आउने गरेको छ । काठमाडौंमा रहेको वेला पनि उनीहरूबीच कहिलेकाहीँ सम्बन्धमा चिसोपना आउने गरेको थियो । कुनै-कुनै वेला दुवैजना निर्मल निवास भएको वेला पनि अलग-अलग सुत्ने गर्थे । केही समयअघि मदिरा पिएर एभरेस्टको ग्यालेक्सी डिस्कोमा पुगेका पतिलाई सम्हाल्न गएको वेला पारसले हिमानीमाथि बन्दुक चलाएको घटना निकै चर्चामा आएको थियो ।
खासगरी पारसको मदिरा पिउने विषयमा उनीहरूबीच वेला-वेला खटपट हुने गथ्र्यो । एकपटक हिमानीले पारसलाई काभे्रको पलाञ्चोक भगवती मन्दिरमा लगेर ‘अबदेखि मदिरा पिउँदिनँ’ भनेर कसम खान पनि लगाएकी थिइन् । त्यसपछि केही समयसम्म पारसले मदिरा पिउन निकै कम गरेका थिए । तर, केही समयपछि वाचा भुलेर पारसले मदिराको मात्रा बढाए ।
पारस र हिमानीको मागी बिहे भएको थियो । बिहेपछि पनि पारस परस्त्रीसँगको संगतमा रहेको खबर आउनाले पतिपत्नीबीच खटपट बढेको थियो । खासगरी सिंगापुरकी एउटी युवतीको विषयलाई लिएर हिमानीले पारसको चरित्रमाथि बारम्बार प्रश्न उठाउने गर्दै आएकी छिन् ।
पारस काठमाडौंमा रहँदा उनी आफ्नी पत्नी समाजसेवामा सक्रिय भएको हेर्न चाहन्थे । हिमानीलाई समाजसेवामा लगाउन पारसले हिमानी ट्रस्ट गठन गर्न सल्लाह दिएका थिए । केही समयपहिले हिमानी ट्रस्टले दोलखामा गरेको एउटा कार्यक्रममा पारस पनि सहभागी थिए । पूर्वयुवराज पारस आफनो छविबारे विवादास्पद समाचार आए पनि पत्नीको छवि ग्ल्यामरस भएको हेर्न चाहने र त्यसका लागि पत्नीलाई लोकपि्रय हुन सल्लाह दिने गरेको हिमानीनिकट स्रोत बताउँछ ।
विगतमा आफनो पतिलाई मदिरा र गलत साथीको संगतबाट छुटाउन हिमानीले निकै प्रयास गरेकी थिइन् । खासगरी गणतन्त्र कार्यान्वयन भएपछि हिमानी यो काममा धेरै हदसम्म सफल भइन् । हिमानीकै दबाबपछि पारसले चार वर्षपहिले दसैँको मौका पारेर चुल्ठो काटेका थिए । हिमानी र परिवारको आग्रहमा काठमाडौंमा रहँदा पारसले पुराना साथीको सर्कल लगभग छोडिसकेका थिए । मदिरालाई उनले पहिलेभन्दा कम र नियन्त्रण गरेका थिए । तर, बैंकक गएपछि पारसको आनिबानी हिमानीले सोचेजस्तो हुन सकेन नयाँ पत्रिकाबाट।, नयाँ पत्रिकाबाट,
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.