पछिल्ला सामग्री :
पुष्पलाल पार्कको बम निष्कृय


कपिल ज्ञवाली/ बुटवलको व्यस्त चोक पुष्पलाल पार्कमा आज विहान भेटिएको प्रेसर कुकर बम सेनाको डिस्पोजन टोलिले डिस्पोज गरेको छ ।

निकै शक्तिसाली रहेको सो बम विहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे लगत्तै करिब २ घण्टा बढीको प्रयास पछि पौने १० बजे सेनाले डिस्पोज गरेको हो । नेपोलाइट नामक बम राखेको ठाउँ नजीकै
 नेकपा माओवादी क्रान्तिकारी लेखेको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।

चोकमै बम फेला परेपछि करिब ३ घण्टा
, पुर्व पश्चिम तथा सिद्धार्थ लोकमार्ग समेत अवरुद्ध हुन पुग्यो । हिजो रातीनै सञ्चारकर्मीलाई फोन गरी अज्ञात समुहले बम राखेको खबर गरेपनि प्रहरीले हिजो बम भेटाउन सकेको थिएन ।

स्थानीयवासीले संकास्पद अवस्थामा रहेको बस्तुदेखेपछि त्रसित भएका थिए । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राज कुमार वैदवारले थप अनुसन्धान भैरहेको बताउनुभयो ।
 

उता आज विहान विराटनगरमा पनि यस्तै प्रकृतिको बम बेबारिसे अवस्थामा भेटिएको समाचार प्राप्त भएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.