विद्याकी देवी सरस्वतीको आरधना
काठमाडौँ, ४ फागुन/ आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदै छ ।
आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिइने गरिन्छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरूले आ–आफ्ना कलासाधनाका उपादानहरू कापी–कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन् ।
देशभरका विभिन्न सरस्वती मन्दिरहरूमा विद्यार्थीहरू देवी सरस्वतीको पूजा प्रार्थना गर्न बिहानैदेखि भीड रहेको छ । तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा देवी सरस्वतीको आराधना गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।
आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ । काठमाडौँ उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
यसैगरी आज काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचन गरी वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यसैबीच वसन्तपञ्चमीकै अवसरमा राष्ट्रपति डा. रामवरण यादवले आज काठमाडौँको वसन्तपुरमा वसन्तश्रवण गर्नुहुनेछ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.