पछिल्ला सामग्री :
डुंगा पल्टिएर हराएका तीनमध्ये दुईको शव भेटियो

पोखरा, २२ चैत/ लेखनाथको बेगनासतालमा हिजो दिउँसो डुंगा पल्टिएर हराइरहेका तीनजनामध्ये दुईजनाको शव आज भेटिएको छ ।

हराएकाहरूको खोजीकार्यमा जुटेको प्रहरीको टोलीले आज दिउँसो दुईजनाको शव फेला पारेको हो । पोखरा–१० रामबजारकी १९ वर्षीया सुष्मा गुरुङ र ३० वर्षीया पुष्पा गुरुङको शव फेला पारिएको हो ।

सुष्माको शव भेटिएको करिब डेढ घन्टापछि, पुष्पाको पनि शव भेटिएको कास्कीका प्रहरीले जनाएको छ । हराइरहेका पोखरा रामबजारका प्रकाश गुरुङको अझै खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र गोताखोरको सहयोगमा खोजी भइरहेको प्रहरीले बताएको छ ।

हावाहुरीसँगै परेको पानीका कारण हिजो दिउँसो डुंगा पल्टिँदा दुईजना बालिकाको हिजो नै डुबेर मृत्यु भएको थियो ।

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.