हिस्टान औपचारिक रूपमै विभाजित
काठमाडौं, २२ चैत/ उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूको संगठन उच्च माध्यमिक शिक्षक एसोसिएसन (हिस्टान) विभाजित भएको छ ।
हिस्टानका पदाधिकारीहरू भ्रष्टाचार, अनैतिकतामा लिप्त बनेको र शिक्षकको हक हितका लागि केही नगरी उच्च मावि शिक्षा परिषद्सँग दलाली मात्रै गरेको आरोप लगाउँदै केही असन्तुष्ट शिक्षकहरूले राष्ट्रिय उच्च माध्यमिक शिक्षक एसोसिएसन एनहिस्टान नामको नयाँ संस्था खोलेका छन् ।
कृष्णबहादुर कार्कीको अध्यक्षमा गठन भएको एनहिस्टानले हिस्टानका पदाधिकारीहरूले पदको दुरुपयोग गरेको, संगठनको आय–व्ययको लेखापरीक्षण नगरी आर्थिक अनियमितता गरेको भन्दै अर्को संगठन खोल्नुपरेको बताउनुभयो ।
राजधानीमा पत्रकार संम्मेलन गरी एनहिस्टानले देशभरका सामुदायिक तथा निजी उच्च माविमा पढाउने शिक्षकरूको नियुक्तिपत्रको व्यवस्था तत्काल गर्नुपर्ने, शिक्षाको नियुक्तिमा स्थायी, अस्थायी र करारको व्यवस्था हुनुपर्नेलगायत नौ सूत्रीय मागसमेत अघि सारेको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.