सार्कस्तरीय विश्वविद्यालय अनुदान आयोगको बैठक
काठमाडौं/ सार्कस्तरीय विश्वविद्यालय अनुदान आयोग तथा समकक्षी निकाय कमिटीको बैठक नेपालमा सुरु भएको छ ।
बुधबारबाट सुरु भएको बैठकमा सार्कका आठै देशका विश्वविद्यालय अनुदान आयोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति छ । नयाँ नेतृत्वको चयन, सार्कका विश्वविद्यालयबीचको समकक्षता, क्षेत्रीय साझा शैक्षिक मापदण्डको निर्धारण, गुणस्तर सुनिश्चतता तथा प्रत्यायन संयन्त्र बैठकका एजेन्डा छन् ।
त्यस्तै सार्क विश्वविद्यालयका पाठ्यक्रमबीचको एकरूपता, छात्रवृत्ति योजना, सार्कका विश्वविद्यालयबीचको सहकार्य, खुला तथा दूरशिक्षा, सार्क–युनेस्कोबीचको सहकार्य, सार्कको उच्च शिक्षाको अवस्थाका सम्बन्धमा क्षेत्रीय गोष्ठीको आयोजनालगायत बैठकका एजेन्डा छन् ।
कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले बैठक सार्क देशहरूको उच्च शिक्षाको गुणस्तर विकासका लागि ठोस आधार निर्माण गर्ने र एक–अर्का देशको उच्च शिक्षाका विषयसँग सम्बन्धित अनुभव तथा ज्ञान आदान–प्रदानमा महत्त्वपूर्ण हुने बताए । बुधबारबाट सुरु भएको कमिटीको आठौँ बैठक बिहीबार सम्पन्न हुनेछ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.