पछिल्ला सामग्री :
मेलामा विवाद, एकको मृत्यु

पाँचथरको नवमिडाडामा आयोजित मेलामा मंगलबार राति झडप हुँदा एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा फिदिमका १९ बर्षिय सञ्जिव तुम्बापो रहेको पाँचथर प्रहरीले जनाएको छ । घटनामा परी रानिटार ४ का मञ्जित लिम्बु घाईते भएका छन । घाईते लिम्बुको पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएको छ । मृतक लिम्बुको पोष्टमाटमपछि आफन्तलाई जिम्मा लगाईएको छ । घटनामा संलग्नको आसंकमा पाँचथर प्रहरीले तिनजनालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धान जारी रहेको भन्दै पाँचथर प्रहरीले उनीहरूको नाम भने गोप्य राखेको छ । मेलामा आयोजित भलिवल प्रतियोगिताको बिषयलाई लिएर युवाहरूबिच बिवाद भएको प्रत्यक्षदर्शिले बताएका छन । घटनाका बिषयमा अनुसन्धान जारी रहेको पाँचथर प्रहरी प्रमुख दिपसम्सेर राणाले जानकारी दिनुभएको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.