पछिल्ला सामग्री :
फस्टायो च्याउ खेती

म्याग्दीको पश्चिम दरबाङ्गमा रहेको उन्नती तथा सफल लघु उद्यमी महिला समुहले सुरु गरेको च्याउ खेती फस्टाएको छ ।

आयआर्जनका लागी समुहमा आवद्ध १० जना महिलाहरूले सुरु गरेको कन्य च्याउ खेतीमा उत्पादन राम्रो भएपछी समुहमा आवद्ध महिला कृषकहरू उत्साहित बनेका छन् । गत महिना दरबाङ्ग गाविसको सहयोगमा संगम म्याग्दीले दरबाङ्गका महिलाहरूलाई दिएको च्याउ खेती तालिम पश्चात उनीहरूले अहिले सामुहीक र व्यक्तिगत रुपमा कन्ये च्याउ खेती सुरु गरेका हुन् । विगत ३ हप्ता अगाडी सामुहीक रुपमा लगाएको च्याउ खेतीले उत्पादन दिन थालेपछी अहिले आफुहरूलाई च्याउ टिपेर बेच्न भ्याई नभ्याई भएको समुहका उपाध्यक्ष सुनमती किसानले बताउनुभयो ।

अहिले २ सय बोरामा सामुहीक र समुहमा आवद्ध महिलाहरूले घरघरमा समेत कन्य च्याउ खेती सुरु गरेको उपाध्यक्ष किसानले  जानकारी दिनुभयो । मासुको विकल्पमा लिईने च्याउको माग बजारमा उच्च रहेको र विभिन्न रोगहरूको उपचारका लागी पनी प्रयोग गरिने भएकाले च्याउखेतीतर्फ महिलाहरू आकर्षित भएको दरबाङ्गका स्थानिय दिवाकर सुवेदीले जानकारी दिनुभयो ।

सामुहीक च्याउ खेतीबाट पहिलो दिनमात्रै दरबाङ्ग बजारमा ४० किलो कन्य च्याउ प्रतिकिलोग्राम ३ सय रुपैयाँमा  विक्रि गरिसकेको र थप ९ सय किलो च्याउ उत्पादन गर्ने लक्ष्य रहेको समुहका कोषाध्यक्ष रमती पुनले बताउनुभयो । गाउँघरमा फुर्सदको समयलाई सदुपयोग गर्दै सुरु गरिएको कन्य च्याउ खेती विस्तार गर्न सकेमा महिलाहरूले राम्रो आम्दानी गर्न सक्ने संगम म्याग्दीका सहजकर्ता होमदेवि खत्रीले बताउनुभयो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.