पछिल्ला सामग्री :
सरकार कर्मचारी सेटिङ मिलाउन व्यस्त

काठमाडौं/ वर्तमान सरकार निर्वाचनको तयारीभन्दा बढी कर्मचारी सरुवा बढुवामा केन्द्रित भएको दलका नेताहरूले आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनीहरूले निर्वाचन गर्न कै लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भएपनि रेग्मी सरकार कर्मचारीको सेटिङ मिलाउन व्यस्त रहेको आरोप लगाएका हुन् ।

कार्यक्रममा एकीकृत माओवादीका नेता अग्नि सापकोटाले सरकार चुनावी तयारीमा केन्द्रित हुनुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै दु:ख व्यक्त गर्नुभयो । सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै उहाँले रेग्मी सरकार चुनावको तयारीमा नलागे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

पहिले नै विचार पुर्‍याउन नसक्दा अख्तियारमा लोकमानसिंह कार्कीलाई ल्याउनुपरेको सापकोटाले प्रस्ट पार्नुभयो । यस विषयमा अहिले आएर आफ्नो पार्टीलाई दोष दिनुको अर्थ नरहेको उहाँको भनाइ छ ।

यस्तै नेकपा–माओवादीका नेता हरिभक्त कँडेलले यो सरकारको कदमविरुद्ध तेस्रो कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । राष्ट्रपतिसमेत दलालहरूको पात्र भएको जिकिर गर्दै कँडेलले तेस्रो जनआन्दोलनको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले आफू बच्न नेताहरूले आफूले भन्दा बढी भ्रष्टचार गरेको व्यक्तिलाई अख्तियारमा नियुक्त गरेको आरोप लगाउनुभयो ।

यस्तै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनबाट मात्रै निकास निस्कने भन्दै निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । मंसिर महिनामा जसरी पनि निर्वाचन गर्नुको विकल्प नरहेको अध्यक्ष महतोको भनाइ छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.