तगडा रैछन् लोकमान, प्रचण्डले भने, ‘कार्की सर्वसम्मत हुन्’
काठमाडौं/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकमानसिंह कार्कीलाई प्रमुख चार दलको सहमतिअनुसारै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा सिफारिस गरिएकाले आफ्नो पार्टीलाई मात्र दोष दिन नहुने जिकिर गर्नुभएको छ ।
दलहरूबीच एक सातासम्म भएको छलफलका आधारमा कार्कीको नाम सिफारिस गरिएको भन्दै धेरैजनाको नाममा सहमति जुटन नसकेपछि अन्तिममा कार्कीलाई प्रस्ताव गरिएको उहाँले बताउनुभयो । आज राजधानीमा गरिएको कार्यक्रमा अध्यक्ष प्रचण्डले सबै दलका नेताहरूको सहमतिपछि मात्रै आफूले कार्कीको नाम अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई बुझाएको बताउनुभयो ।
कार्कीलाई राष्ट्रपतिले अख्तियार प्रमुखका रूपमा अनुमोदन गरिसकेकाले अब आन्दोलन गरेर कार्की अख्तियारबाट फिर्ता नहुने उहाँको भनाइ छ । राष्ट्रपतिले कार्कीको नाम अनुमोदन गर्नु सकारात्मक भएको भन्दै प्रचण्डले राष्ट्रपतिले अनुमोदन गर्न आनाकानी गरेको भए परिस्थिति झन् जटिल बन्ने उहाँको दाबी थियो ।
अब बन्ने संसदले मात्र कार्कीबारे निर्णय गर्न सक्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्कीले पदभार ग्रहण गरिसकेकाले विरोध कार्यक्रम जारी राख्नुको कुनै अर्थ नहुने उहाँले बताउनुभयो ।
थामिएन कार्कीको विरोध
यसैबीच पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको नियुक्तीको विरोधमा आज पनि प्रदर्शन जारी छ । जनआन्दोलन दवाउन भूमिका खेलेको आरोप लागेका कार्कीलाई आयोगमा नियुक्ति दिनु आन्दोलनको उपहास भएको भन्दै विद्यार्थीहरूले आज बिहान पनि एक घन्टा सरकारी क्याम्पसअगाडि चक्काजाम गरेका छन् ।
विद्यार्थीहरूले गरेको आन्दोलनका कारण बिहान केहीबेर सवारी आवागमन अवरुद्ध भएको थियो । यस्तै अख्तियारमा कार्कीको नियुक्तिको विरोधमा नागरीक समाजका अगुवाहरूले आज पनि दलका पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
यसअघि एकीकृत माओवादी र नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका नागरिक अगुवाहरूले आज नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
३३ दलको घेराउ
यस्तै कार्की नियुक्तिको विषयमा नेकपा–माओवादीलगायतका ३३ दलहरूले पनि आज राष्ट्रपति कार्यालय घेराउ गरेका छन् । संवैधानिक परिषद्ले गरेको सिफारिस असंवैधानिक हुँदाहुँदै पनि अनुमोदन गरेको भन्दै माओवादीसहितका ३३ दलहरूले राष्ट्रपति कार्यालय घेराउ गरेका हुन् ।
दलहरूले लैनचौरबाट जुलुससहित राष्ट्रपति कार्यालय घेराउ गरेका छन् । माओवादीसहितको ३३ दलहरू सरकार गठन भएदेखि नै निरन्तर आन्दोलनमा रहँदै आएको छ ।
लोकमानका कारण बैठकै स्थगित
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति गर्न सहमति जनाएको भन्दै अध्यक्ष झलनाथ खनालको तीव्र विरोध भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
नियुक्ति प्रक्रिया चलिरहँदा पार्टी अध्यक्षबाट कुनै पनि प्रतिक्रिया नआएको भन्दै केन्द्रीय सदस्यहरूको चर्काे आवाज उठाएपछि बैठकमा तीव्र विवाद भएको थियो । विवादपछि हिजोदेखिी सुरु भएको केन्द्रीय कमिटीको बैठक स्थगित गरी विवाद मिलाउन बसेको स्थायी कमिटीमा पनि विवाद भएपछि स्थायी कमिटीको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ । बैठकमा सँवैधानिक निकायका अन्य सदस्य नियुक्तिका विषयमा पनि कुराकानी हुने बताइएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.