तिरस्कृत बन्दै रेग्मी, कानुन व्यवसायीले गरे बहिष्कार
काठमाडौं/ कानुन व्यावसायीहरूले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी एक कार्यक्रम बहिष्कार गरेका छन् ।
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतमा आज गरिएको कार्यक्रममा अध्यक्ष रेग्मीलाई अतिथि बनाइएकोमा नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यावसायीले कार्यक्रम बहिष्कार गरेका हुन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अधिकार अहिले एकै निकायमा केन्द्रित गरिएको भन्दै कानुन व्यावसायीले कार्यक्रम बहिष्कार गरेका हुन् ।
दरबारमा रहेको न्यायपालीकालाई सर्वोच्च अदालतमा ल्याइएको दिनको सम्झनामा कानुन दिवस मनाइने भए पनि अहिले न्यायपालिका पुन: संकटमा परेको उनिहरूको भनाइ छ । कानुन दिवसको अवसरमा आज सर्वोच्च अदालतमा गरिएको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सर्वोच्च अदालतका कार्यबाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा उपस्थित हुनुहुन्थ्यो ।
कानुन दिवसका अवसरमा कानुनसँग सम्बन्धित विभिन्न संघ–संस्थाले पनि विभिन्न कार्यक्रमहरू गरेका थिए । विक्रम संवत २००७ सालको क्रान्तिपछि कार्यपालिकाबाट न्यायपालिका स्वतन्त्र भएको सम्झनामा २००८ सालदेखि बैसाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।
दिवसकै अवसरमा सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले न्यायपालिका अहिलेसम्म कसैको दबाबमा नपरेको र भविष्यमा पनि पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शर्माले प्रधान्यायाधीशको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएकाले न्यायपालिकामा हस्तक्षेप भएको अभिव्यक्तिप्रति लक्षित गर्दै न्यायपालिकाको स्वतन्त्रतामा कुनै आँच नआउने उल्लेख गर्नुभएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.